IMG-LOGO

जिल्ला प्रशासनको सेवा पुरानै ठाउँबाट

 सोम, सावन ४, २०७८  ---

    धुलिखेल, जिल्ला प्रशासन कार्यलय धुलिखेल काभे्रले सोमबारबाट सेवा ग्राहीलाई नयाँ ठाउँबाट सेवा प्रवाह गरेको छ । जिल्ला समन्वय समिति काभ्रेको परिसर सञ्जीवनी स्कूल चोक नजिकैबाट सेवाग्राहीलाई सेवा प्रदान गरेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनु भयो । यस अघि धुलिखेल नगरपालिका नजिकैको व्यक्तिको घरमा विगत १ दशक देखि घरभाडामा बस्तै आएको थियो । 
    भुकम्पमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयको भवन निर्माणको लागि टेण्डर आह्वान गरी निर्माण कार्य शुरु भएपनि ठेकदार फरार रहेकोले हालसम्म पनि भवन निर्माण सम्पन्न नहुदाँ अन्यन्त्र भाडामा बस्तै आउनु परेको छ । जिल्ला समन्वय समिति काभ्रेको भवन र प्रि प्mयावबाट बनेको १४ वटा कोठामा कार्यालय सञ्चालन हुने कुरा कम्युटर अपरेटर विश्वराज मैनालीले बताउनु भयो । प्रि.प्mयावको २ कोठा भवन भने जिल्ला प्रशासन कार्यालय काभ्रेले आपैmँले वनाएको जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्