IMG-LOGO

सामाग्री सहयोग

 मंगल, असार २९, २०७८  ---

    पोर्टेज तथा पुर्नस्थापना संस्था नेपाल र बनेपा नगरपालिकाको आयोजनामा अपांगता भएका व्यक्तिहरूको लागि समुदायमा आधारित पुर्नस्थापित कार्यक्रम अन्तर्गत बनेपा न.पा. वडा नं. ३ का शारीरिक अपांगता भएका लाई व्हिलचियर १ थान,वडा नं. १२ का अतिअशक्त व्यक्तिलाई एयर बेड १ थान, वडा नं. ११ का शारीरिक अपांगता भएकालाई विशेष ट्वाइलेट मेच थान सहयोग गरिएको छ । यस्तै विकासमा ढिलाई तथा अपांगता भएका बालबालिकाहरू समेत अध्ययनरत १६ वटा सामुदायिक बिद्यालयहरूलाई ती बालबालिकाहरूको बृद्दि विकासमा सघाउ पुर्‍याउने सिकाई सामाग्रीहरू सहयोग गरिएको छ । उक्त सामाग्रीहरू बनेपा न.पा.का उपमेयर रेखा सापकोटा दाहल र बनेपा न.पा. का प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले हस्तान्तरण गर्नु भएको थियो । सी.बी.आर. कार्यक्रमको उपादेयताबारे पोर्टेज तथा पुर्नस्थापन संस्था नेपालका निर्देशक मणिराज श्रेष्ठ र बनेपा न.पा. महिला,बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख विजया सुवेदीले प्रकाश पार्नु भएको थियो ।
सञ्चारकर्मीलाई तालिम
    कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) ले काभ्रेका पत्रकारहरुलाई बाल संरक्षण तथा मानव बेचविखन विरुद्ध एकदिने अभिमुखिकरण तालिम दिएको छ । बाल संरक्षण सम्बन्धि अवधारणा र काुनी व्यवस्था, पिडिट केन्द्रित समाचार सम्प्रेसनमा पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले राखिएको तालिममा २५ जना पत्रकारहरुको सहभागिता रहेको थियो । सेलर्डका वरिष्ठ कार्यक्रम अधिकृत राममणि गौतम, सदस्य कपिल अर्यालले पत्रकारहरुलाई बालसंरक्षण सम्वन्धि कानुनी व्यवस्था र समाचार सम्प्रेसनमा पत्रकारको भुमिका विषयमा खोजमुलक जानकारी दिनुभएको थियो । कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रि तिमल्सिनाले पत्रकारहरु कानुनी नियम सम्बन्धमा जानकार हुन  जोड दिनुभयो । पत्रकारहरुको क्षमतामा अभिबृद्धि कार्यक्रमहरु सञ्चालन गरिने सचिव कपिल कोइरालाले जानकारी दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्