बनेपा/ बनेपा नगरपालिका वडा नम्बर ९ मा २ दिने कौशिखेती तालिमको आयोजना गरेको छ । तालिमको समापन नगर प्रमुख लक्ष्मी नरसिं बादेले गर्नु भएको थियो । बादेले उक्त तालिमले गृहिणी महिलाहरुका लागी सहयोग पुर्याउने विश्वास गर्नु भएको छ । तरकारी खेतिले थप आर्य र्आजन नभए पनि घरपरिवारलाई पुग्ने तरकारी उत्पादन हुने भएकाले केहि जोगीने, स्वस्थकर तरकारी हुने, फोहोरको ब्यबस्थापन हुने बताउनु भयो । कार्यक्रममा उप प्रमुख रेखा सापकोटा दाहालले तालिममा सिकेका कुरालाई ब्यबहारमा उतारी आफुले सिकेको सिपलाई छिमेकीहरुलाई समेत सिकाउन आग्रह गर्नु भएको थियो । हामि महिला दिदिबहिनीहरुलाई विशेष गरी तरकारी फरक चाहिने हुनाले ईच्छाअनुसारको कौशिमा तराकारी लगाउन आग्रह गर्नु भएको थियो । नगरले विगतमा पनि सिलाईबुनाई, झोल साबुन बनाउने,अचार बनाउने लगाएतका तालिमहरु प्रदान गर्दे आएको बताउनु भयो । नगरले तालिममा सहभागिहरुलाई गमला, मल र तरकारीहरुका विउ समेत वितरण गरेको थियो । ३० जना महिलाहरुको तालिममा सहभागिता रहेको नगरपालिका सदस्य अम्बिका प्रजापतिले बताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष शेर बहादुर सुवाल, तालिममा सहभागि सविना प्रजापति लगाएतले शुभकामना मन्तबय राख्नु भएको थियो ।
