IMG-LOGO

द्वन्द पिडित परिवारले रोजगारी मागे

 मंगल, असार २९, २०७८  रमेशप्रसाद न्यौपाने

    काभ्रे/ माओवादी शसस्त्र द्वन्द हँुदा राज्यपक्षबाट पिडित द्वन्द पिडित तथा वेपत्ता परिवारले सिप सहितको रोजगारीको माग गरेका छन् । हिजो बनेपा नगर पालिकाले द्वन्द पिडित परिवारलाई आर्थिक सहायता वितरण कार्यक्रममा पिडितहरुले रोजगारीको माग गरेका हुन् । काभ्रे जिल्लामा द्वन्द प्रभावित ३ सय ४६ मध्ये बनेपा नगर पालिकामा मात्रै २४ जना द्वन्द प्रभावित छन् । 
    वागमती प्रदेश सरकारले स्वास्थ्य उपचार वापत ३० हजार, स्वरोजगार तालिम गर्नेलाई ३० हजार , तालिम सञ्चालन गर्नेलाई ५० हजार गरी वर्गिकरण अनुसार विनियोजित बजेट बनेपा नगर भित्रका द्वन्द पिडितलाई एक कार्यक्रम बिच चेक हस्तान्तरण गरेको हो । बागमती प्रदेश सरकारले दिएको ७ लाख ४० हजार मध्येबाट २० जना द्वन्द पिडितलाई वितरण गरेको वरिष्ठ राजश्व अधिकृत ध्रुवराज नेपालले बताउनु भयो । बनेपा नगरपालिकाले जारी गरेको सूचना अवधिमा २४ जना मध्य २० जनाले निवेदन दिएका थिए । ४ जना भने छुटेका छन् । वेपत्ता परिवारकी मनकुमारी रञ्जितले सरकारले राहत भन्दा पनि सिप सहितको रोजगारीको व्यवस्था गर्नु पर्ने धारणा राख्नु भयो  । बनेपा वडा नं ८ की मनकुमारी रञ्जितकी श्रीमान् राजभाइ रञ्जित २०६० सालमा वेपत्ता भएका थिए । अहिले सम्म मरे बाँचेको खोज खबर हुन सकेको छैन । 
    सत्य निरुपण तथा वेपत्ता आयोग नाम मात्र भएको, आयोगमा आउने व्यक्तिहरु तलब भत्ता खाने अनि जाने मात्र भएकोले अब केही गर्लान् भन्ने आस नभएको दुःखेसो मनकुमारीले पोखिन् । त्यस्तै बनेपा ४ नालाका अर्का द्वन्द पिडित २०६२/२०६३ को जन आन्दोलनमा घाइते भएका श्रीगोपाल श्रेष्ठले पिडितलाई सामान्य आर्थिक सहायता दिएर नपुग्ने उपचार सहित आर्थिक उर्पाजन गर्ने कार्यमा सहयोग पुर्‍याउनु पर्ने धारणा राख्नु भयो । द्वन्द पिडित बनेपा ८ की लक्ष्मी मानन्धर, सन्तोष घिमिरे, श्रृजना घिमिरे,बनेपा -५ रवि ओपिकी सरिता थापा लगायतले आथर्िक सहायता लिएका थिए । नगर प्रमुख लक्ष्मी नरसिंह वादेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उप-प्रमुख रेखा सापकोटा दाहाल प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रती लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत माया बादेले गर्नु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्