IMG-LOGO

प्रतिनिधि काभ्रेली नारीसङ्ग्रह प्रकाशनमा आउने

 मंगल, असार २२, २०७८  ----

    पनौती साहित्य समाजले आफ्नो नियमित प्रकाशन यसपटक नारी विशेषांकको रुपमा प्रकाशित गर्ने भएको छ । पनौती साहित्य दर्पण (भाग - ५) लाई ‘प्रतिनिधि काभ्रेली नारीसङ्ग्रह’ को रुपमा प्रकाशित गरिने कुरा समाजका उपाध्यक्ष एवं यस सङ्ग्रहका सम्पादक डा. सुमनराज ताम्राकारले बताउनु भयो । काभ्रेका अग्रज पुस्ताका नेपालकै पहिलो नारी कथाकार, पृथक आवाजकी समाचारवाचिका, नेपाल भाषाका अभियन्ता, साहित्य पत्रिका प्रकाशिका, अक्षरकर्मी देखि नयाँ पुस्ताका सितारवादक, आर्टिष्ट, नृत्यकलाकार, गायिका, सीमान्तकृत साहित्यकर्मीसम्मलाई यस विशेष अंकमा समेटिने छ । यो पटक शिक्षा, साहित्य, कला एवं संस्कृतिसँग आबद्ध नारीहरु मात्र समेटिने डा. ताम्राकारले बताउनु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्