IMG-LOGO

खाँडीचौरमा आँखा उपचार केन्द्र सुरु भयो

 मंगल, असार २२, २०७८  ---

    बनेपा/ रेयुकाई एईको मासुनागा आँखा अस्पतालले सिन्धुपाल्चोक जिल्लाको खाडीचौरमा आँखा उपचार केनद्र सुरु गरेको छ । खाडीचौरमा आँखा उपचार केन्द्र सुरु गरिएको हो । बलेफी गाउँपालिकाको समन्वयमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको रेयुकाई एईको मासुनागा आँखा अस्पतालका महासचिव हिरामणी शर्माले काभ्रे टाइम्सलाई जानकारी दिनुभयो । आँखा उपचार केन्द्रका लागि आवश्यक उपचार सेवा फउन्डेसनले सहयोग गरेको महासचिव शर्माले बताउनुभयो । खाडीचौरमा आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि सिन्धुपाल्चोक जिल्लाको उत्तर र पूर्व दक्षिण भेगका सर्वसाधारणलाई सजिलो हुने भएको छ । अहिले कोभिडका बीचमा पनि आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएका छौँ । यसलाई अझ व्यवस्थित गरेर समय समयमा मोतियाविन्दुको अपरेशन नै गर्ने हाम्रो योजना छ, महासचिव शर्माले भन्नुभयो । 
    रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाले सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकासँग पनि सहकार्य गरेर आँखा शिविर सञ्चालन गर्दै आएको छ । हामी सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानीय तहसँग सहकार्य गरेर आँखा शिविरि  सञ्चालन  गर्दै आईरहेका छौँ , शिविरबाट मोतियाविन्दुको अपरेशन गर्न बनेपा ल्याउने गरेका ेथियौँ । अव देखि भने विशेषज्ञ टोली खाडीचौरमै लगेर अपरेशन गर्ने गरी तयारी गरिरहेको छौँ, महासचिव शर्माले भन्नुभयो । रेयुकाई एईको मासुनागा आँखा अस्पतालले काभ्रेको भकुण्डेमा पनि आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । त्यस्तै प्रदेश न्म्बर २ का आँखा रोगीहरुको समस्या समाधान गर्ने गरी ढल्केबरमा रेयुकाई एइको मासुनागा आँखा अस्पताल बनेपाको शाखा सञ्चालनमा ल्याउन काम धमाधम भैरहेको महासचिव शर्माले जानकारी दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्