IMG-LOGO

पूण्यमाता करिडोर निर्माण हुने भो

 मंगल, भदौ २, २०७७  --

बनेपा, धुलिखेल र पनौतीनगरपालिका जोड्ने पुण्यमाता करिडोर निर्माणहुने भएकोे छ । पुर्वमन्त्री गोकुल बाँस्कोटालबुधबार आयोजनाको शिलन्यास गदैविकासको नयाँ आयाम थप हुन लागेकाबताउनुभयो । करिडोर निर्माणले व्यवस्थित रहरियाली शहर निर्माणमा मदत पुग्ने उहाँकाभनाइ थियो । परियोजनाका लागि १४ करोड४७ लाख ५५ हजार इस्मेट गरिएकोमा ६करोड २७ लाख ९५ हजार ९ सय ६ रुपैयामाठेक्का सम्झौता गरिएको छ । २०७७ माघ१४ भित्र ६ महिनामा सम्पन्न गर्ने गरी सम्झौतागरिएको आयोजनामा पुण्यमाता करिडोरकालागि पहिलो चरणमा करिडोरको क्षेत्रपहिचान गरिने छ । धुलिखेल नगरपालिकाकाप्रमुख अशोक व्याञ्जुले स्वागत मन्तव्यराख्नुभएको कार्यक्रममा पनौतीनगरपालिकाका प्रमुख भिम न्यौपानेलधन्यवाद ज्ञापन गर्नुभएको थियो । बनेपानगरपालिकाका प्रमुख लक्ष्मीनरसिं वादेकासभापतित्वमा सम्पन्न भएको कार्यक्रममासंघीय सांसद गंगाबहादुर दोब, प्रदेश सभासदस्य बसुन्धरा हुमागाई, जिल्ला समन्वयसमिती प्रमुख उद्दव केसी,नगर उपप्रमुखहरु,वडाअध्यक्षहरु,सहरी विकास मन्त्रालयकासचिव मधुसुधन अधिकारी, सञ्चारकमीलगायतको उपस्थिती रहेको थियो । करिडोरपहिलो खण्ड बनेपा नगरपालिका नाला शेराकरुणामाईदेखि सरस्वती दोभान हँुदै बनेपापुलबजारको पुलसम्म सडक स्तरोन्नती कायहुनेछ , दोस्रो खण्ड पुलबजार बनेपादेखिखड्पु पुलसम्म सडक स्तरोन्नती हुनेछ भनतेस्रो खण्ड खड्पु पुल देखि पनौतीत्रिवेणीघाटसम्म पुग्नेछ । तीनवटा खण्डकाअलग अलग बोलपत्र आह्वान गरिएकाभएपनि एउटै कम्पनीसँग सम्झौता भएकाआयोजनाका प्रमुख मचाकाजी महर्जनलजानकारी दिनुभयो । कार्यक्रमको सञ्चालनबनेपा नगरपालिकाका प्रमूख प्रशासकीयअधिकृत कविराज उप्रेतीले गर्नु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्