लायन्स क्लप अफ काभ्रे बनेपाको २०२१/०२२ को अध्यक्षमा शुरशेभक्त भोछिभोया निर्वाचित भएका छन् । शनिबार एक कार्यक्रम बीच निवर्तमान अध्याक्ष शुसन राजबंशीले नवनिर्वाचित अध्यक्ष शुरेशभक्र भोछिभोयालाई पद हस्तान्तरण गरे । प्रथम उपाध्यक्ष पदम सुन्दर श्रेष्ठ, दुतिया उपाध्यक्ष सरिता पलाञ्चोके, तृतिया उपाध्यक्ष इश्वर महाजु, सचिव सुरज मकै श्रेष्ठ, कोषाध्यक्ष निरु बैदार, सहकोषाध्यक्ष दिव्यश्वरी पोटे श्रेष्ठ, सहसचिव सरोजकुमार तिमल्सिना, टे्रल टुइस्टर इश्वरी बादे, टाइमर विकास पन्त, पिआर.ओ. जयन्द्र बादे लगायत १६ सदस्य कार्यसमिति निर्वाचित भएका छन् । लियो क्लप एड भाइजर मणिकुमार तुम्रोक (सुब्बा), एलसी आई एफ कोअर्डिनेटर विधान जोशी रहेका छन् । उक्त कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसंछे, लियो क्लव अफ काभ्रे बनेपाका पूर्व अध्यक्षहरु र क्लपका सदस्यहरुको सहभागिता रहेको थियो । क्लवले सामाजिक क्रियाकलाप अन्तरगत रक्तदान, वातावरण संरक्षण सुधार, समजमा सामाजिक जागरण ल्याउने क्रियाकलाप गर्दै आएको छ ।
