बनेपा नगरपालिकाले कृषकहरुको अयस्तरमा बृद्धि गरी जीवन स्तरमा सुधार ल्याउन किसानहरुलाई लागत साझेदारीमा भैंसीको पाडी वितरण गरेको छ । नगरको ७५ प्रतिशत अनुदानमा मुराक्रस जातका पाडी थोरे वितरण गरेको हो । बनेपा वडा नं.२,३,४,६,१०,१२ र १३ मा गरी १ सय वटा पाडी वितरण गरिएको नगर प्रमुख लक्ष्मी नरसिंह बादेले बताए । कार्यक्रममा उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, वडा अध्यक्षहरु कृष्णप्रसाद दाहाल, श्यामसुन्दर श्रेष्ठ, पशुपन्छी शाखा बनेपाका प्राविधिक रामसुन्दर सापकोटा, पवन केसी लगायतको सहभागिता रहेको थियो । नगरकार्यपालिका कार्यपालीकाको निणर्य अनुसार कुल ३५ लाख लागत बराबरको १ सय भैसीको पाडी खरिद गरी भैंसीको पकेट क्षेत्र भएका वडा अध्यक्षको सिफारिसमा वडाका किसानहरुलाई वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले जानकारी दिए ।
