IMG-LOGO

पूर्व गृहमन्त्री लामिछानेलाई थुनामै राख्न आदेश

 सोम, सावन २७, २०८२  --

 

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न नमिल्ने आदेश भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाले लामिछानेले पेश गरेको निवेदनमा आदेश दिदै उनले मागे बमोजिम नहुने फैसला गरेका छन् । लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिइ ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै उनले साउन १९ गते अदालतमा निवेदन दिएका थिए । उनले निवेदनसँगै बिगो बराबरको रकम बैंक ग्यारेण्टी लिएर रिहाइ माग गर्दै अदालतमा निवेदन दिएका थिए । लामिछाने बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा गत चैत २५ देखि रुपन्देही कारागारमा थुनामा रहेका छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्