आज साउन २७ गते मंगलबारदेखि नेपालका विभिन्न स्थानमा भारी वर्षा हुने पूर्वामानुमान मौसमविद्ले गरेका छन् । मौसमविद् बिनोद पोखरेलले सामाजिक सञ्जालमा सेयर गरेको भिडियोअनुसार मंगलवारदेखि साउन २९ गते बिहीवारसम्म पूर्वदेखि पश्चिम नेपालसम्म नै भारी वर्षा हुने सम्भावना छ ।
भिडियो सेयर गर्दै मौसमविद् पोखरेलले लेखेका छन् – ‘मौसम पूर्वानुमान अनुसार आगामी मंगलवारदेखि बिहीवारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ ।’ अत्यधिक वर्षा हुने हुँदा जोखिम हुनेछ । यस अवधिमा सम्भावित बाढी, पहिरो तथा जलमग्नताको खतरा रहने भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ ।’
