IMG-LOGO

धुलिखेल नगरपालिका र धुलिखेल अस्पतालको समन्वयमा स्वास्थ्य बीमा सेवा प्रारम्भ

 सोम, सावन २७, २०८२  रमेशप्रसाद न्यौपाने

        धुलिखेल नगरपालिकाले धुलिखेल अस्पतालसँगको समन्वयमा स्वास्थ्य बीमा गरेका सबै नागरिकहरुका लागि अस्पताल परिसरबाटै प्रथम सेवा विन्दुकारुपमा सेवा प्रारम्भ गरेको छ । साउन २६ गते हिजो प्रारम्भ गरेको छ । स्वास्थ्य बीमा बोर्डले नागरिकहरुलाई प्रथम सेवा विन्दु मानेर यस अघि धुलिखेल अस्पताल राखेर बीमा गत श्रावण १ गतेबाट स्वास्थ्य बीमा बोर्डले सम्झौता विपरित प्रथम सेवा विन्दु परिवर्तन गरिदिए पछि नागरिकहरु स्वास्थ्य सेवाबाट बञ्चित हुनपुगेका थिए । ‘नागरिकहरुले पाएको दुःख र सास्तीलाई ध्यानकेन्द्रीत गरेर मध्यनजर गर्दै शुरुका दिनमा अस्पताललाई नै प्रथम सेवा विन्दु बनाउने गरी आवश्यक पहल कदम ग¥यौं’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो । ‘प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको भौतिक पूर्वाधार तथा जनशक्तिको ब्यवस्थापन लगायतका कार्यहरु सुधार गर्नुपर्ने आवश्यकता रहेको थियो ।’

     प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ज्ञापन पत्र बुझाएको धुलिखेल नगरपालिकाले थप सहकार्य र समन्वयका लागि संघ र प्रदेश सरकारले समेत प्रतिवद्धता ब्यक्त गरेको नगर प्रमुख ब्याञ्जुले बताउनुभयो । पहिलो चरणमा विहान १० बजे देखि दिउँसो ३ बजेसम्म प्रारम्भ गरिएको सेवा आवश्यकताका आधारमा थप जनशक्ति समेतको ब्यवस्थापनमा परिवर्तन गर्न सकिने गरी तयारी गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताउनुभयो । यस अघि पनौतीका दुई वटा स्वास्थ्य केन्द्र मार्फत रिफरल सेवा उपलब्ध गराउँदै आएको छ । भकुण्डेमा रहेको मेथिन्कोट अस्पतालले पनि रिफरल सेवा उपलब्ध गराएको छ । पाँचखालले अझै सेवा शुरु गर्न सकेको छैन ।

२ सय बेसी सेवा ग्राही ८० लाई मात्र टोकन

     धुलिखेल नगरपालिका र धुुलिखेल अस्पतालको समन्वय र सहकार्यमा अस्पताल परिसरमै हिजोबाट स्वास्थ्य बीमा गरेका सेवा ग्राहीलाई सेवा प्रवाह गरेको छ । विहान ७ बजे देखि लाइन बसेका २ सय बेसी स्वास्थ्य सेवा लिन आएकालाई ८० वटा टोकन मात्र विहान ९ः३० बजे वितरण गरेको थियो । स्वास्थ्य बीमा सेवा लिन आएका १ सय २० फर्के भने हिजो ८० जनाले मात्र रिफरल सेवा प्राप्त गरेको कुरा धुलिखेल नगरपालिका स्वास्थ्य सेवा शाखा प्रमुख सन्दीप केसीले जानकारी दिनुभयो । स्वास्थ्य बीमा सेवा अवरुद्ध भएको २६ दिनपछि सेवा सूचारु भएको हो । धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रबाट  विगतमा दिदै आएको आधारभूत स्वास्थ्य सेवा प्रवाह गरिएको धुलिखेल–८ का अध्यक्ष विनोद गौतमले जनाउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्