IMG-LOGO

दिगो विकासका लागि राष्ट्रिय अभियानको सञ्चारकर्मीसँग अन्तरक्रिया

 मंगल, असार २२, २०७८  ---

    दिगो विकासका लागि राष्ट्रिय अभियान नेपालको दिगो विकास लक्ष्य १६ प्लस र काभ्रे जिल्लाको अवस्था बारे । जिल्लाका सञ्चरकार्मी बीच सोमबार छलफल कार्यक्रम सम्पन्न भयो । संस्थाका अध्यक्ष दयासागर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा अधिकारकर्मी कृष्ण प्यारी नकर्मीले जिल्लामा मानव अधिकार र अपाङ्गताको अधिकार र अवस्थाको बारेमा जानकारी दिइन् । उनका अनुसार शारीरिक, मानसिक र बौद्धिक अपाङ्गता भएका नागरिकहरुको जीवनयापन निक्कै कष्टकर रहेको बताइन् । राष्ट्रिय अपाङ्गता ऐन २०७४ आइसकेको अवस्थामा कार्यन्वयन चरण भने फितलो भएको उनको तर्क थियो । २०६८ को जनसंख्या अनुसार कुल जनसंख्याको १ दशमलब ९४ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरुको संख्या छ भने विश्व बैँकको तथ्याङ्क संकलनमा १५ प्रतिशत र अन्य संघ संस्थाले गरेकोमा ८ दशमलब ९ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु छन् । उनीहरुको सिप विकास  श्रृजनात्मक कार्यको लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले नीति, कार्यक्रम बजेट विनियोजन गर्न आवश्यक छ । काभ्रे जिल्लामा भने १० हजार १ सय ६७ रहेको छ ।  
    नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाले जिल्लामा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको अवस्थालाई नियाल्दा विकास गर्दा विनाश बेसी भएको सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा स्थानीय सरकार बढि सम्बेदनशिल हुनु पर्ने धारणा राखे । निवर्तमान उपाध्यक्ष रमेश प्रसाद न्यौपानेले राजनैतिक तथा मानव अधिकारको सवालमा जिल्लाको अवस्थामा बोल्दै भने राजनैतिक अधिकार कुण्ठीत भयो भनि जिल्ला अदालत काभ्रेमा कुनै उजुरी नपरेको जानकारी प्राप्त भएको जनाए । राजनीतिक अधिकारको सन्दर्भमा स्थानीय पालिकाको निर्वाचनमा महिला, पुरुष, दलित जनजातीको प्रतिनिधित्व भए पनि राजनीतिक नेतृत्व तहमा भने प्रमुख राजनीतिक पार्टीका जिल्ला नेतृत्वमा समानता नभएको उल्लेख गरे । जिल्ला प्रहरी कार्यालय महिला वालवालिका तथा जेष्ठ नागरिक सेवाकेन्द्र धुलिखेलकी प्रमुख सिता श्रेष्ठका अनुसार महिला हिंसा, मानव अधिकार उल्घनको त्रिबर्षीय प्रतिवेदनमा उल्लेख  गरेको छ । घरेलु हिंसा सम्बन्धी ०७५/०७६ मा २ सय ३४ उजुरी परेकोमा १ सय १७ मिलापत्र भएको छ । १५ वटा मुद्दा अदालतमा गएको र ९३ जना सम्पर्कमा आएको छैनन् । त्यस्तै गरी ०७६/०७७ मा २ सय १६ महिला हिंसा सम्बन्धी उजुरी परेकोमा १ सय ३१ मिलापत्र भएका छन् । १२ वटा मुद्दा जिल्ला अदालत काभ्रे गएको र ७८ जना चाँही सम्पर्कमा नआएको उल्लेख गरेको छ । त्यस्तै ०७७/०७८ मा महिला घरेलु हिंसामा १ सय७८ मा १ सय ३१ प्रहरी कार्यालयमा नै मिलापत्र भएको र १३ जनाको मुद्दा जिल्ला अदालत काभ्रे गएको उल्लेख छ । त्यस्तै काभ्रेपलाञ्चोक जिल्ला अदालतमा जातिय छुवाछुत, बोक्सीको आरेप ३ वटा मुद्दा मानव अधिकार उल्लघंनको मुद्दा दर्ता भए पनि २ वटा मुद्दा दाविनुपरेको जनाएको छ । एक मुद्दा भने फैसला हुन बाँकी रहेको जनाएको छ ।  
    विमला सापकोटाले जिल्लामा महिलाको अधिकार र अवस्थाको मात्र नभई राजनीति, शिक्षा, स्वास्थ्य क्षेत्रमा महिला सहभागिता र समानताका बारेमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । संस्थाका अध्यक्ष दया सागर श्रेष्ठले दिगो विकास लक्ष्य प्राप्तीको लागि सबैभन्दा बढि जिम्मेवार स्थानीय सरकार भएको उल्लेख गर्दै केन्द्र र प्रदेश सरकारले गरिवी निवारणका लागि मिसन र भिजनका साथ कार्यान्वयन हुने गरी अघि बढ्नु पर्ने धारण राखे । सन् २०१६ बाट दिगो विकास लक्ष्य नेपालमा शुरु भयो । सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्त गरी देशलाई गरिवी निवारण गरी आर्थिक समृद्धि हाँसिल गर्नुपर्ने छ भने कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष विनाद न्यौपाने, गैसस महासंघ काभ्रेका अध्यक्ष टोम सापकोटा र काभ्रे जिल्लाका क्रियासिल सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्