IMG-LOGO

संचारकर्मी बजगाई राष्ट्रिय रत्न सम्मान–२०८२ बाट सम्मानित

 सोम, सावन २०, २०८२  --

      सञ्चारकर्मी नवराज बजगाईले राष्ट्रिय रत्न सम्मान पाएका छन । शनिबार सामारी इन्टरनेशनल इभेन्टले भक्तपुर बोडेमा आयोजना गरेको कार्यक्रममा बजगाईलाई अग्रज पत्रकारको रुपमा राष्ट्रिय रत्न सम्मान–२०८२ प्रदान गरिएको हो ।

      कला, साहित्यसँगै सामाजिक सेवा क्षेत्रमा समेत अग्रणी, समर्पित र निःस्वार्थ व्यक्तित्वका रूपमा जिम्मेवार बजगाईले पत्रकारिता, सार्वजनिक सेवा प्रसारण र नेपालको मिडिया परिदृश्यमा सत्य र नैतिक सञ्चारको मूल्यलाई कायम राख्न दुई दशक लामो प्रतिबद्धता सहित जनसञ्चारको रचनात्मक संलग्नता क्षेत्र मार्फत जनमतलाई, नागरिक चेतना जगाउन र लोकतन्त्रलाई सुदृढ पार्न आवाज र कलम मार्फत महत्वपूर्ण योगदान पु¥याएबापत सम्मान गरिएको  सामरी इन्टरनेशनल इभेन्टका प्रमुख भरत सामरीले बताउनुभयो ।

      कार्यक्रममा प्रतिनिधि सभा सदस्य छिरिङ लामा तामाङ, इभेन्टका प्रमुख भरत सामरीलगायतले सम्मान गरेका थिए । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक÷प्रधान सम्पादक रहेका बजगाई काभ्रेमा रहेर सक्रिय पत्रकारिता गर्दै आउनुभएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्