धुलिखेल नगरपालिका वडा नं. ८ का नागरिकहरुलाई खाना पकाउने इन्डक्सन चुल्हो वितरण गरेको छ । धुलिखेल नगरपालिकाकाी कार्यवहाक उपप्रमुख विमला शर्मा र वडा अध्यक्ष निराजन जंगमले धुलिखेल-८ बटल थुम्का र भट्टेडाडाका नागरिकलाई डन्डक्सन चुल्हो वितरण गरेका छन् । वडाले छुट्टाएको ३ लाख ४० हजार बजेटमा २ लाख ५० हजारको इन्डक्सन चुल्हो खरिद गरिएको वडा अध्यक्ष निराजन जंगमले जनाकारी दिए । १ सय ३० जनाले चुल्होको लागि निवेदन दिएकोमा १ सय २० जनालाई पहिलो पटकमा वितरण गरिएको छ । वाल्टा कम्पनीको १ बर्षको वारेन्टी इन्डक्सन चुल्होले १ घण्टामा २ युनिट विद्युत खपत हुने, ग्याँसबाट खाना पकाउनु भन्दा बढी किफायती र सस्तो मुल्य पर्ने प्राविधिकको भनाई रहेको छ । ५० प्रतिशत व्यक्तिले र ५० प्रतिशत वडाले रकम बेहोर्ने गरी ५० प्रतिशत अनुदानमा इन्डक्सन चुल्हो वितरण गरिएको हो ।
