काभ्रेमा सोमबार थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोमबार ३१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणबाट ५५ जना र एन्टिजेन परिक्षणबाट ५७ जना नयाँ संक्रमित थपिएका हुन् । जसअन्तर्गत पिसिआर टेस्ट अन्तर्गत बनेपा न.पा.मा २० जना, पनौती न.पा.मा १२ जना, धुलिखेल न.पा.मा १२ जना, मण्डनदेउपुर न.पा.मा २ जना, भुम्लु गा.पा.मा १ जना, चौरीदेउराली गा.पा मा १ जना, खानीखोला गा.पा.मा २ जना, रोशीमा गा.पा.मा ५ जना संक्रमित फेला परे भने इन्टिजेन्ट परीक्षण तर्फ बनेपा न.पा.मा २ जना, नमोबुद्ध न.पा. ३० जना, पनौती न.पा.मा ३ जना, रोशी गा.पा.मा ५ जना, तेमाल गा.पा. १ जना, पाँचखाल न.पा. १६ जना नयाँ संक्रमित फेला परेका छन् ।
