IMG-LOGO

विद्युतीय चुरोट (भेप) चोरी पैठारी गरेको आरोपमा विशाललाई पक्राउ

 सोम, असार २३, २०८२  --

 

अवैध रूपमा विद्युतीय चुरोट (भेप) राजस्व छली चोरी पैठारी गरेको भन्दै काभ्रेका विशाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार पनौती ११ घर भई हाल लोकन्थली बस्ने २८ वर्षीय विशाल तामाङलाई निजको कोठाबाट सामान सहित पक्राउ गरेको हो । प्रहरीले उनको कोठाबाट ४८३० थान भेप, वा १ च ८७३४ नम्बरको मारुति सुजुकी भ्यान १ र १ थान मोबाइल बरामद गरेको छ । राजस्व छली सम्बन्धी कसुरमा थप अनुसन्धान गर्न तामाङलाई राजस्व अनुसन्धान विभाग पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्