बनेपा, नमोबुद्ध नगरपालिकाको पे्रस सल्लाहकारमा सञ्चारकर्मी विनोद न्यौपाने नियुक्त भएका छन् । बिहिबार बसेको नगर कार्यपालीकाको बैठकले सञ्चारकर्मी न्यौपानेलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको नगर प्रवक्ता सञ्वि ढकालले जानकारी दिनु भयो । दुई दशक निरन्तर पत्रकारीता पेसा अँगालेका न्यौपानेले राष्ट्रिय दैनिक पत्रिकामा समेत समाचार कक्ष समालेका थिए । हाल उनी अहिले काभ्रेको प्राइम एफ.एम को प्रशासन र समाचार प्रमूखको जिम्मेवारी समालेका छन् ।
