IMG-LOGO

विकटेश्वर स्कुलले ४ जिपीए ल्याएकी छात्रालाई ५० हजार पुरस्कार

 सोम, असार २३, २०८२  --

 

     बनेपा नगरपालिका वडा नं १३ भैँसीपाटीमा रहेको विकटेश्वर अङ्ग्रेजी माध्यमिक विद्यालयका छात्रा जिया खत्रीले यस वर्षको एसइइ परीक्षामा ४ जीपीए ल्याई जिल्ला प्रथम भएपछि विद्यालयले ५० हजार नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

     आइतबार विद्यालय प्राङ्गणमा आयोजित शुभकामना आदानप्रदान अवसरमा विद्यालयका प्रिन्सिपल एवं निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन काभ्रेका अध्यक्ष श्याम बहादुर भुजेलले ५० हजार पुरस्कारको घोषणा गर्नुभएको हो। विद्यालयमा यो वर्ष उत्तीर्ण हुने सबै विद्यार्थीका अभिभावक बोलाएर विद्यालयले विद्यार्थीसँगै अभिभावकलाई पनि सम्मान गरेको छ । प्याब्सनका केन्द्रीय उपमहासचिव भीमसेन केसीको प्रमुख आतित्यतामा भएको सम्मान कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष रामबहादुर कुँवर वडा नम्बर १३ का वडा अध्यक्ष रामलाल सुवाल नेपाल पत्रकार महासङ्घ काभ्रेका कोषाध्यक्ष केशवराज पौडेल पत्रकार रोजन तामाङ लक्ष्मण तिमल्सिना विकास तिमल्सिनाको आतिथ्यता रहेको थियो ।

     ४ जिपिए ल्याएर उत्कृष्ट हुने विद्यार्थी जिया खत्रीले आफूले विद्यालय समयका अतिरिक्त पनि समय मिलाएर अध्ययन गर्ने गरेको उल्लेख गर्नुभयो उहाँले अभिभावक शिक्षक शिक्षिका प्रिन्सिपल को मार्ग निर्देशनका कारणले आफूले यो सफलता हात पारेको उल्लेख गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि प्याप्सनका केन्द्रीय उपमहासचिव भीमसेन केसीले बिकटटेश्वर माध्यमिक विद्यालयका प्रिन्सिपल श्याम भुजेल विद्यालयका मात्र प्रिन्सिपल नभएर काभ्रे जिल्ला संस्थागत विद्यालयका अभिभावक रहेको बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्