IMG-LOGO

सयजनालाई रोजगार दिने उद्देश्य राखेका छौं  

 सोम, असार २३, २०८२  – गणेश आचार्य

     धुखिखेल नगरपालिका रोजगार मेला गर्दै हुनुहुन्छ, मुख्य उद्देश्य बारे प्रस्ट पारीदिनुस् न भन्ने जिज्ञासामा धुलिखेल वडा नं. ३ का अध्यक्ष एवं कार्यक्रम संयोजक गणेश आचार्यको यस्तो प्रतिक्रिया रहयो ः

     रोजगारीको अवसरको खोजीमा रहनुभएको रोजगार लिने र दिने बीचको मेला हो, यहाँ रोजगार प्राप्त गर्ने अवसर छ भन्नुभयो । श्रम रोजगार मन्त्रालयले बागमती प्रदेशका ६ वटा नमुना रोजगार केन्द्र छनोटमा परेका जसमा धुलिखेल नगरपालिका, काठमाण्डौं महानगरपालिका लगायत ६ वटा नमुना रोजगार सेवा केन्द्र छनोट भएको कार्यक्रम संयोजक आचार्यले बताउनुभयो । संयोजक आचार्यका अनुसार होटल, सहकारी संस्था, संस्थागत विद्यालय, सामाजिक संघ संस्था आदीले आपूmलाई आवश्यक परेको जनशक्तिको बारेमा हाम्रो रोजगार सेवा केन्द्रमा जानकारी दिनुभएको छ । धुलिखेल, बनेपा, पनौतीका उद्योग, व्यवसायीक फर्म, संघ संस्था सबैलाई रोजगार मेलामा सहभागी हुन आव्हान गरेका छौं । हाम्रो प्रमुख लक्ष्य धुलिखेलमा वेरोजगारी रहनुभएका जनशक्तिलाई एकसय जना प्लसलाई रोजगार दिने लक्ष्य रहेको कार्यक्रम संयोजक आचार्यले उल्येख गर्नुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्