IMG-LOGO

२२ औं राष्ट्रिय धान दिवसमा रोपाइँ कार्यक्रम

 मंगल, असार १७, २०८२  --

     काभ्रे । २२ औँ राष्ट्रिय धान दिवसको अवसरमा जिल्ला कृषि विकास कार्यालय काभ्रे र पाँचखाल नगरपालिकाको आयोजना तथा पशु सेवा कार्यालय काभ्रे र बागबानी विकास केन्द्र पाँचखाललगायतको सहआयोजनामा पाँचखालमा धान दिवस मनायो ।

     रोपाईं महोत्सवमा किसानहरुको उपस्थिती रहेको थियो । आधुनिक प्रविधि अपनाउँदै मेशिनबाट धान रोपिएको जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतम, पाँचखाल नगरका प्रमुख महेश खरेल, जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडी, बागबानी विकास केन्द्रका प्रमुख विष्णु बोगटी, रेशम खेती विकास केन्द्रका प्रमुख कृष्ण धिताल, लगायत संचारकर्मीहरु तथा किसानहरुको सहभागिता रहेको थियो । पाँचखालका फाँटमा आइतबार आधुनिक प्रविधिमा धान रोप्ने मेसिन र फोर रो प्लान्ट प्रयोग गरिएको थियो ।

     यसैगरि जिल्लाको मण्डनदेउपुर नगरपालिका–८ घाइटारको चाखोला फाँटमा परम्परागत गोरू, ट्याक्टर र स्थानीय शैलीको प्रदर्शन गर्दै रोपाँईं महोत्सव गरिएको थियो । मण्डनदेउपुर र बनेपा नगरपालिका, भक्तपुरको चाँगुनारायण र काठमाडौंको शंखरापुर नगरपालिकाको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा परम्परागत र आधुनिक कृषि प्रविधिको प्रयोग गरी रोपाइँ गरिएको थियो ।

     मण्डनदेउपुरमा आयोजित कार्यक्रममा वागमति प्रदेश सभा सदस्य लक्ष्मण लम्साल, मण्डनदेउपुरका मेयर टोकबहादुर वाइवा, उपमेयर विष्णुमणि नेपाल, बनेपाका मेयर शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटा, चाँगुनारायणका प्रमुख जीवन खत्रीलगायतको आतिथ्यता रहेको थियो । काभ्रेमा हालसम्म ३८ प्रतिशत रोपाइँ सकिएको कृषि विकास कार्यालयले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्