रोल्पा जिल्ला मादी गाउँपालिका–६ घर भइ हाल जिल्ला काभ्रे बनेपा न.पा. १२ बाँसडोल स्थितमा रहेको गोरखा चाइनिज इट्टाभट्टामा काम गर्ने वर्ष ४२ को अमृत घर्तिमगर सोही भट्टामा रहेको ट्रस्टमा माथि रहेको जस्ताको छानोबाट पानी चुइने भइ छानामा प्लाष्टिक ओढाउने क्रममा लडि घाइते भइ उपचारको लागि उक्त इट्टाभट्टाको म्यानेजर अनिल दुवाल (९८०१२५७२२८) ले उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपामा ल्याएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरी हवल्दार बेल बहादुर श्रेष्ठ (९८५१२८५६१९) को कमाण्डमा २ जनाको प्रहरी खटी गएको, उक्त अस्पतालमा इ.प्र.का. बनेपाबाट प्रहरी नायव उपरीक्षक रामेश्वर त्वाती (९८५१२५४५३१) को कमाण्डमा क्इऋइ अधिकृत सहितको प्रहरी टोली खटि गएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
