IMG-LOGO

काभ्रे जिल्लाका तेह्र पालिकाले नै ल्याए बजेट

 मंगल, असार १७, २०८२  – रमेशप्रसाद न्यौपाने÷हरिनाथ न्यौपाने

 

     काभ्रे जिल्लाका १३ पालिकामध्ये सबैभन्दा बढी बजेट पनौती नगरपालिकाले ल्याएको छ । नगरको १७ औँ सभाले आव २०८२÷८३ को बजेट १ अर्ब ६१ करोड ११ लाख ११ हजार बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख रामशरण भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । आन्तरिक राजस्व, नेपाल सरकार तथा बागमती प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण र अव्य वित्तीय स्रोतबाट बसे तर्जुमा गरिएको हो । जसमा आन्तरिक आयस्रोतबाट ४४ करोड २५ लाख, राजस्व बाँडफाँडबाट २० करोड ४१ लाख ९० हजार, नेपाल सरकार संघबाट ४९ करोड ७९ लाख, वित्तीय समानीकरण अनुदान १४ करोड २८ लाख, ससर्त अनुदानचालु ३२ करोड ससर्त अनुदान पुँजीगत १ करोड ४० लाख, विशेष अनुदान ६९ लाख सममुरक अनुदान ६८ लाख, बागमती प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट ६ करोड ४९ लाख २६ हजार, वित्तीय समानीकरण अनुदान १ करोड ४५ लाख १६ हजार, ससर्त अनुदान ३ करोड २७ लाख १० हजार, ससर्त पूँजीगत २५ लाख, विशेष अनुदान चालु ६५ लाख, समपूरक ८७ करोड जनसहभागिता ५९ लाख ५० हजार रहेको छ । विषयगत शाखाहरूको समेत गरी चालु खर्च ८१ करोड १५ लाख ३० हजार विनियोजित बजेटको ५० दशमलव ६३ प्रतिशत हो । पुँजीगत खर्च ७९ करोड ९५ लाख ८१ हजार जसमा यो ४९ दशमलव ६३ प्रतिशत हुन आउँछ । उपप्रमुख गीता बञ्जाराले बजेट प्रस्तुत गर्नुभएको थियो ।

     त्यस्तै गरी मण्डनदेउपुर नगरपालिकाले १ अर्ब १० करोडको बजेट ल्याएको छ । नगर प्रमुख टोकबहादुर वाइवाले बीति प्रस्तुत गर्नुभयो । बसेको नगरसभाको १७ औं अधिवेशनमा उपप्रमुख विष्णुमणि नेपालले १ अर्ब १० करोड ७५ लाख ४५ हजार ५५९ रुपैंयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । कुल विनियोजित बजेटमध्ये पूँजीगततर्फ ५० करोड २२ लाख ५० हजार रुपैंयाँ (४५.३४ प्रतिशत) र चालुतर्फ ६० करोड ५२ लाख ९५ हजार ५५९ (५४.६६ प्रतिशत) रहेको छ । चालु खर्चको लागि २१ करोड १५ लाख १ हजार ५५९ रुपैंयाँ विनियोजन गरिएको उपप्रमुख नेपालले बताउनुभयो । यस्तै नगरपालिका अन्तर्गत प्रत्येक वडाहरूमा अर्थिक, सामाजिक, पूर्वाधार विकास तथा सेवा प्रवाहसम्बन्धी कार्यक्रम सञ्चालनका लागि ६ करोड रुपैंयाँ विनियोजन गरेको छ ।

     यस्तै विपद् व्यवस्थापन, कोष व्यवस्थापन, राहत वितरण र विपद्बाट क्षतिग्रस्त नीजि आवास तथा संरचनाहरुको पुनर्निर्माणका लागि २ करोड रुपैंयाँ व्यवस्था गरिएको छ । नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संरचनागत, नीतिगत, कानूनी, प्रशासनिक तथा व्यवस्थापकीय कार्य सम्पादन गरिएको बताउनुभयो । भौतिक पूर्वाधार विकास व्यवसायिक आधुनिक कृषि प्रणाली, शिक्षा, स्वास्थ्य, खानेपानीलाई नीति कार्यक्रम र बजेटमा प्राथमिकताका साथ अघि सारेको छ ।

     त्यस्ते गरी काभ्रेपलाञ्चोक जिल्लाको कृषि नगरीको रुपमा रहेको पाँचखाल नगरको सत्रौँ नगर सभाले बजेट ल्याउको छ । सभामा नगर प्रमुख महेश खरेलले आगामी वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने उपप्रमुख सुर्य माया दनुवारले आ.व ०८२÷०८३ को लागि प्रस्तावित प्रतिवेदन प्रस्तुत गर्नुभयो । १५४ बुंदाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख खरेलले विगतको नीति तथा कार्यक्रमलाई निरन्तरता दिदै आ.व ०८२÷८३ मा कृषि, वन, शिक्षा, स्वास्थ्य, पर्यटन, विपन्न बर्गको संरक्षणलाई प्राथमिकता दिनुभएको छ ।

     नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख खरेलले पाँचखाल नगरको मुख्य आर्थिक आधारको रुपमा रहेको कृषि क्षेत्रलाई आधुनिक र व्यवसायिक बनाउँदै यान्त्रिकीकरण तथा विशिष्टीकरणमा उच्च प्राथमिकता दिइने बताउनु भयो । नगरको दिगो कृषि विकासका लागि नेपाल सरकार, प्रदेश सरकार एवम् सम्बन्धित गैरसरकारी संघ–संस्थाहरु सँग सहकार्य गरिने । कृषि क्षेत्रमा बढिरहेको विभिन्न रसायन तथा विषादीको बिक्री वितरण तथा प्रयोगलाई नियमन तथा व्यवस्थापन गरिनेछ । नेपाल सरकारले बिक्रीवितरण गर्न निषेध गरेका विषादीहरुको प्रयोगलाई कानुनी दायरामा ल्याई नियन्त्रण गरिने बताउनुभयो ।

     गैरसहकारी संघ संस्था, कृषि सहकारी संस्था लगायतका सङ्घ संस्थाको सहयोग एवम् साझेदारीमा नगरका सवै वडामा थप प्रभावकारी रुपमा आइ.पि.एम पाठशाला सञ्चालन गरिनेछ । कृषिमा जैविक मल, जैविक विषादी लगायत जैविक तथा प्राङ्गारिक प्रविधिमा प्रोत्साहन गर्दै पाँचखाल नगरलाई दिगो कृषि शहरको रुपमा स्थापित गरिने बताउनु भयो । कृषक तथा उपभोक्ताहरूको हितलाई मध्यनजर राख्दै आगामी आ.व.मा विषादी अवशेष द्रुत विश्लेषण (विषादी परीक्षण) गरी कृषक समुह, कृषि सहकारी तथा अन्य कृषि संस्था सँगको साझेदारीमा विषादी परिक्षण र प्रमाणीकरण, कृषि उत्पादनको ग्रेडिङ, प्याकेजिङ्ग, लेभलङ्गि गरी काठमाण्डौं उपत्यकाका स्थानीय तहसँग समन्वय गरी सम्भाव्य बजारसँग आवद्ध गरी कृषि वस्तुको मूल्य अभिवृद्धि गरिने बताउनु भएको छ ।

     नगरभित्रका ७० बर्ष माथिका जेष्ठ नागरिकको त्रैमासिक रुपमा स्वास्थ्य परिक्षण गरि निःशुल्क औषधि व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगर सभामा उपप्रमुख सुर्य माया दनुवारले ०८२÷०८३ को लागि ८२ करोड ५१ लाख ८४ हजार ८०२ रुपैयाको बजेट प्रस्तुत गर्नुभएको छ । जसमा नगरस्तरीय योजना तथा कार्यक्रम ९ करोड २० लाख, वडा स्तरिय योजना ५ करोड २० लाख, बिषयगत, क्षेत्रगत शाखागत कार्यक्रम ५ करोड ५० लाख रहेको छ । जम्मा पुंजिगत कार्यक्रमखर्च २९ करोड ३६ लाख ८८ हजार ८०२, प्रशासनिक चालु १५ करोड, शशर्त योजना ३८ करोड १४ लाख ९६ हजार, रहेको छ । सत्रौ नगरसभामा नगर प्रवक्ता एवं वडा नं ८ को वडा अध्यक्ष संजय तमाङ, वडा नं १० का वडा अध्यक्ष नारायण प्रसाद सापकोटा, वडा नं १ को वडा अध्यक्ष जय वहादुर तमाङ, वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल लगायतले आ—आफ्नो धारणा राख्नुभएको थियो ।

     त्यस्तै गरी नमोबुद्ध नगरपालिकाले ८० करोड ७३ लाख २३ हजार १ सय ६० रुपैयाँको बजेट प्रस्तुत गरिसकेका छन् । असार १० गते २ नगरपालिका र ७ गाउँपालिकाले बार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । पाँचखाल नगरपालिकाले ८२ करोड ५१ लाख ८४ हजार ८ सय २ रुपैयाँ र मण्डनदेउपुर नगरपालिकाले १ अर्ब १० करोड ७५ लाख ४५ हजार ५ सय ५९ रुपैयाँ बजेट ल्याएको छ । नगर प्रमुख कुन्साङ लामाले नीति कार्यक्रम प्रस्तुत गर्नुभयो । उपप्रमुख रत्न बहादुर लामाले बजेट प्रस्तुत गर्नुभयो ।

     त्यस्तै गरी रोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ७२ करोड ४ लाख ३७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँसभाको १७ औँ अधिवेशनको मंगलबार सम्पन्न बैठकमा पालिकाका अध्यक्ष दिनेश लामाले नीति तथा कार्यक्रम र उपाध्यक्ष मिमबहादुर वाईबाले बजेट, विनियोजन विधेयक तथा आर्थिक विधेयक प्रस्तुत गर्नुभएको थियो । रोशीको बजेटको खर्च व्यहोर्नुपर्ने स्रोत तर्फ आन्तरिक स्रोत १ करोड २६ लाख रुपैयाँ, स्थानीय राजस्व बाँडफाँडबाट २ करोड ५० लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ९ करोड ५० लाख ६० हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँडबाट ३ करोड ९९ लाख ५६ हजार रुपैयाँ, सङ्घीय समानीकरण अनुदान १० करोड २५ लाख रुपैयाँ, सशर्त अनुदान ३२ करोड ५१ लाख रुपैयाँ, समपूरक अनुदान ९९ लाख र विशेष अनुदान ८९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै प्रदेश समानीकरण अनुदान १ करोड २ लाख ५० हजार रुपैयाँ, सशर्त अनुदान २ करोड ७० लाख २७ हजार रुपैयाँ, समपूरक अनुदान २ करोड ८५ लाख रुपैयाँ र विशेष अनुदान ६५ लाख रुपैयाँ प्राप्त हुने अनुमान रहेको छ ।

     पालिकाको सामाजिक विकास नीतिमा ६० वर्ष नाघेका एकल पुरुषलाई सामाजिक भत्ता दिने प्रस्ताव समेत गरेको छ । यसअघि महिलालाई मात्र दिइँदै आएको भत्ता आगामी आर्थिक वर्षबाट एकल पुरुषलाई पनि दिने घोषणा गरिएको हो । उनीहरूलाई दोहोरो लाभ नपर्ने गरी सामाजिक संरक्षण कार्यक्रममा समावेश गर्ने घोषणा गरिएको हो ।त्यस्तै, ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमालाई पनि आगामी वर्षमा निरन्तरता दिइने भएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन सुशासन तथा संस्थागत विकास अन्तर्गत सरकारी कार्यालयहरूमा आयातित कोल्ड ड्रिंक्स (पेयपदार्थ)लाई निरुत्साहित गरिने नीति ल्याइएको छ । त्यसको सट्टा दूध, दही, महीलगायतका स्थानीय पेय पदार्थको प्रयोगलाई प्रोत्साहन गरिनेछ । बैठकमा उपाध्यक्ष वाईबाले बजेटसँगै विभिन्न विधेयकहरू पनि प्रस्तुत गरे। उनले विनियोजन विधेयक २०८२, आर्थिक विधेयक २०८२, स्थानीय उद्योग दर्ता, सञ्चालन, व्यवस्थापन र नियमनसम्बन्धी विधेयक, जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण तथा उपयोगसम्बन्धी विधेयक पेस गरे । त्यस्तै, न्यायिक समितिको वार्षिक प्रगति प्रतिवेदन पनि बैठकमा प्रस्तुत पेस गरिएको थियो भने लेखा समिति संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष धनजीत लामाले बेरुजु फर्छाैटका लागि प्रस्ताव पेस गर्नुभयो ।

     त्यस्तै गरी खानीखोला गाउँपालिकाको सत्रौं गाउँ अधिवेशन सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२÷०८३ का लागि कुल रु ५२ करोड २३ लाख ३२ हजार ३५३ बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरिएको छ । गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ को अध्यक्षतामा बसेको अधिवेशनले नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको हो । चालु आर्थिक वर्षको मूल प्राथमिकतामा गर्भवती महिलाको स्वास्थ्य सुधारलाई प्रमुख रुपमा राखिएको छ । खानीखोला गाउँपालिका  दोर्जेमान जिम्बाले आर्थिक वर्ष २०८२÷०८३ को बजेट गाउँसभामा प्रस्तुत गर्नुभएको हो ।

     बजेट प्रस्तुत गर्ने क्रममा उहाँले गाउँपालिकाको विकास, पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र औद्योगिकरण लगायतका प्राथमिकतामा बजेट विनियोजन गरिएको जानकारी दिनुभएको थियो। यो बजेट सत्रौं गाउँसभाबाट सर्वसम्मत रूपमा पारित भएको थियो । गाउँपालिकाले गर्भवती महिलाहरूको पोषण र स्वास्थ्यलाई मध्यनजर गर्दै “झण्डा र अण्डा कार्यक्रम“ कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । सो कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरुलाई १० क्रेड अण्डा निःशुल्क प्रदान गरिनेछ । त्यसैगरी, आङ खसेका महिलाको शल्यक्रिया गरिनुपर्ने अवस्थामा गाउँपालिकाले रु ५,००० बराबरको राहत सहयोग दिने व्यवस्था गरिएको छ ।

     गाउँपालिकाले प्रत्येक वर्ष विभिन्न शाखाका कर्मचारीलाई उत्कृष्ट सेवा पु¥याएको आधारमा सम्मान गर्ने परम्परा कायम राख्दै आएको छ । गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) उपाध्यक्ष दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत जीवन राज अर्यालले यो वर्ष गाउँपालिका उत्कृष्ट एक नम्बर वडा अध्यक्ष सन्तमान थिङ, गाउँपालिका सूचना अधिकारी  अर्जुन भुजेल, शिक्षा शाखा प्राविधिक सहायक चक्रबहादुर थापा, आन्तरिक लेखा परीक्षणका खगेन्द्र थापा, कार्यालय सहयोगी सिजन थिङ, हल्का सवारी चालक अस्वीर बल र राष्ट्रिय महिला स्वयंसेविका राममाया मुक्तानलाई सम्मानपत्र, दोसल्ला र नगदसहित सम्मान गरिएको हो । गाउँपालिकाले आगामी दिनमा पनि सामाजिक न्याय, स्वास्थ्य सुधार, सूचना प्रवाह र सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ । खानीखोला गाउँपालिकाको औद्योगिकरण र कृषिमा आधारित उत्पादनलाई प्रवद्र्धन गर्ने भएको छ ।

     स्थानीय उत्पादनमा आधारित औद्योगिकरणलाई प्राथमिकता दिँदै कफी, खुवा, तोरी, कोदोको रक्सी तथा बेलको जुसजस्ता उत्पादनहरूलाई गाउँमै प्रशोधन गर्ने योजना अघि सारेको छ । गाउँपालिकाले “जसको उत्पादन उसैलाई अनुदान” भन्ने नारालाई आत्मसात गर्दै कफीको उत्पादनमा प्रतिकिलो ३५ रुपैयाँ अनुदान प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेको छ । साथै, खुवा र कफीको स्थानीय ब्रान्ड निर्माण गर्दै बजार विस्तारको नीति समेत ल्याएको छ ।

     त्यस्तै गरी महाभारत गाउककपालिकाले आ.व. ०८२÷८३ बाट लागु हुने गरि दलित, माझी ,पहरीका परिवारको नागरिकलाई १०० प्रतिशत र अन्य परिवारका नागरिकलाई ७० प्रतिशत रकम सहयोग गरि स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराइने, आमा बुवा लाइ सन्चैछ सम्बृदी महाभरत बन्दैछ कार्यक्रम लाइ निरन्तर दिने २, जस्ले रोप्छ कफी को बोट उस्ले पाउछ २० को नोट कार्यक्रम लाइ निरन्तरता दिने, १ वडा १ उत्पादन कार्य क्रम लाइ निरन्तरता, महाभारत गाउँपालिका लाइ कृषि पर्यटकीय हवको रुपमा बिकास गर्न सघन कफी खेती प्रवर्दन गरी बगैंचा तथा नर्सरी व्यवस्थापन गर्ने ३, गाउपालिका ले कम्तीमा वर्षको २ किलोलिटर पक्की सडक कालोपत्रे तथा ढालन गर्ने  लगायात महत्वपुर्ण कार्यक्रम सहित रु.६० करोड १३ लाख १ हजार को नीति तथा कार्यक्रम र बजेट विनियोजन भएको छ ।

     त्यस्तै गरी तेमाल गाउँपालिकाको १७ औं गाउँ अधिवेशन गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङको अध्यक्षतामा मंगलबार पालिका कार्यालयको सभाहल पोखरी नारायणस्थानमा सम्पन्न भएको छ । गाउँसभामा अध्यक्ष तामाङले आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गुर्नभयो । अध्यक्ष तामाङले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि तथा पशुपंक्षी, सामाजिक विकास लगायतका क्षेत्रलाई समेटेर तयार पारिएको नीति तथा कार्यक्रम गाउँसभामार्फत सार्वजनिक गर्नुभएको हो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष तामाङले “सुशासन सहितको विकास आजको आवश्यकता गुणस्तरयुक्त पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारमा हाम्रो प्राथमिकता“ भन्ने मूल नारालाई आत्मसात गरेको बताउँनुभयो । यसै सोचमा केन्द्रित भई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ ।

     सुन्दर एवं व्यवस्थित सडक, प्रविधिमैत्री, हराभरा तेमाल निर्माण गर्ने यस नीति तथा कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउँदै उहाँले सामुदायिक विद्यालयमा विद्यार्थी भर्नादर वृद्धि गर्ने शैक्षिक लक्ष्य लिइएको बताउनुभयो । अध्यक्ष तामाङद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा ९ वटै वडामा स्वास्थ्य संस्थालाई स्तरोन्नती गरी गाउँवासीको स्वास्थ्य सेवा पहुँच अभिवृद्धिमा रुपान्तरण गर्ने लक्ष्य लिइएको साथै गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुप्रतिको जनविश्वास र सेवाग्राहीको संख्या शतप्रतिशतले वृद्धि हुने लक्ष्य रहेको उल्लेख छ । ‘गाउँपालिकाको रणनितिक सडकहरु ग्रावेल सडकमा रुपान्तरण भएका हुनेछन, गाउँपालिकाको ब्याक हो लोडर मेसिनलाई प्रभावकारी रुपमा सञ्चालन गरी सम्पूर्ण सडकहरुलाई खाल्डाखुल्डी रहित बनाउने लक्ष्य लिईएको छ ।’ नीति तथा कार्यक्रममा उल्लेख छ । ‘प्रस्तुत नीतिहरु तेमाल गाउँपालिका र सम्पूर्ण गाउँवासीहरुको हितका लागि उपयोग गरिने लक्ष्य रहेको छ ।’, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष तामाङले भन्नुभयो ।

     गाउँसभामा अध्यक्ष तामाङले गत असोज १० देखि १२ गतेको अविरल वर्षाका कारण बाढी पहिरोबाट प्रभावित लाभग्राहीहरुलाई उद्धार राहत तथा नगद वितरण तथा पुर्ण रुपमा अवरुद्ध भएका सडकहरु पुनः सञ्चालन गरिएको अवगत गराउउनुभयो । उहाँले अब शुरु हुने मनसुन सँगै पुनः विपद् आउन सक्ने भएको हुँदा विपद् पूर्व तयारीमा आफूहरु जुट्ने प्रतिवद्धता पनि जनाउनुभयो । सभामा अध्यक्ष चन्द्र बहादुर तामाङले आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम कायृन्वयनका लागि उपाध्यक्ष दलमान थोकरले बजेट प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष थोकरले गाउँपालिकाकाको आगामी नीति तथा कार्यक्रमको सफल कार्यन्वयनका लागि ५३ करोड १२ लाख रुपैयाँको बजेट सभामार्फत सार्वजनिक गर्नुभएको हो । बजेट अधिवेशन प्रारम्भकै दिन मंगलबार गाउँपालिका अध्यक्ष तामाङद्धारा सभामा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष थोकरद्धारा प्रस्तुत बजेट सर्वसम्मत रुपमा पारित गरिएको थियो ।

 

कुन पालिकाको कति बजेट ?

१. पनौती नगरपालिका ः १ अर्ब ६१ करोड ११ लाख ११ हजार

२. बनेपा नगरपालिका ः १ अर्ब २४ करोड ६५ लाख १३ हजार २८६

३. मण्डन देउपुर नगरपालिका ः १ अर्ब १० करोड ७५ लाख ४५ हजार ५ सय ५९

४. धुलखेल नगरपालिका ः १ अर्ब १८ करोड

५. नमोबुद्ध नगरपालिका ः ८० करोड ६३ लाख २३ हजार १ सय ६०

६. पाँचखाल नगरपालिका ः ८२ करोड ५१ लाख ८४ हजार ८ सय २

७. रोसी गाउँपालिका ः ७२ करोड ४ लाख ३७ हजार

८. बेथानचोक गाउँपालिका ः ६४ करोड ७३ लाख ५ हजार

९. चौरीदेउराली गाउँपालिका ः ६९ करोड ५ लाख ५ हजार

१०. भुम्लु गाउँपालिका ः ६२ करोड ५१ लाख ३९ हजार

११. तेमाल गाउँपालिका ः ५३ करोड १२ लाख ६४ हजार ६ सय ४०

१२. खानीखोला गाउँपालिका ः ५२ करोड २३ लाख ३२ हजार ३ सय ५३

१३. महाभारत गाउँपालिका ः ६० करोड १३ लाख १ हजार

 

 

बिपन्न परिवारका सुबाशको होटलको प्रबन्धक बन्ने अभिलाषा

    रमेशप्रसाद न्यौपाने

     बेथानचोक ३ ढुङ्खर्कका १८ वर्षिय सुवाश श्रेष्ठ होटेलको सेफ बन्ने सपना बुनेका छन् । २०८० सालमा नाइटिङ्गेल एकेडेमीबाट एसईई अध्ययन सफलता हासिल गरेसँगै मञ्जु बाहा होटल स्कुल भक्तपुरमा भोकेसनल ट्रेनिङ तथा होटेल इन्डस्ट्रिज हस्पिटालीटी सम्बन्धी ९ महिने कोर्स अध्ययन पुरा गरेका छन् । भोकेसनल टोनिङ तथा हस्पिटलिटी इन्डस्ट्रीजमा तालिम सकेसँगै सुवास होटेल याक एण्ड यतिमा तीन महिने इन्टरनसिय गर्दैछन् । २०६४ सालमा जन्मिएका सुवाशको आमाले उनी १३ महिना हुँदै छोडेर हिँडेपछि टुहुरो जस्तै भए । आमाको माया हेरचाह आवश्यक पर्ने समयमा सुवासले आमाको ममता पाउन सकेनन् । सुभाशका बुबा सानोकान्छा श्रेष्ठले पालनपोषण गरी हुर्काउँदै आउनुभयो सुभाशको आमाले १३ महिनामा छोडेर अन्यन्त्र हिँडेपछि सात वर्षपछि सानुकान्छा श्रेष्ठले अनु वैद्यलाई दोस्रो विवाह गर्नुभयो । सानु कान्छा श्रेष्ठको दुई सन्तान सुरज जेठो र सुवाश कान्छो छोरो हो । उनीहरू दुबैको पालनपोषण हेरचाह शिक्षा दिक्षा अनु र सानु कान्छाले गर्दै आउनुभयो । धुलिखेल–५, श्रीखण्डपुरमा २ तले घर भएपनि अरु जग्गा जमिन नभएकाले घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले ंं२ पछिको शिक्षा दीक्षा दिन कठीन भएको सानी आमा अनुले बताउनुभयो । महिलाहरूको नेतृत्व विकास क्षमता विकास, सामाजिक क्रियाकलापमा सक्रिय रहेको बिजनेस एण्ड प्रोफेशनल वीमने (विपी डब्लु) बनेपाको अध्यक्ष इश्वरी बादे श्रेष्ठ सिफारिसमा सुभाश श्रेष्ठलाई मञ्जुबाहा होटेल स्कुलमा भोकेसनल एण्ड हस्पिटालिटी इन्डस्ट्रिजमा ९ महिने कोर्ष अध्ययन गर्ने अवसर जुटाइदिनुभएकोमा अनु वैद्यले धन्यवाद दिनुभयो ।  स्विजरल्यान्ड ईन्टरनेशनल फाउण्डेशन फर पपुलेशन एण्ड डेभलभमेन्ट ९क्ष्ँएम्० का कार्यकारी निर्देशक हेलेने वेयुक्स ९जभभिलभदबथभगह० को सहयोगमा बिपी डब्लु बनेपाले महिलाहरूको नेतृत्व विकास, व्यक्तित्व विकास, काभ्रेका स्थानीय सरकारको सहकार्यमा सामाजिक क्रियाकलाप समेत गर्दै आएको छ । मञ्जु बाहा होटेल स्कुल भक्तपुरका सञ्चालक रविन्द्र पुरीले समेत सुभाश श्रेष्ठ लगायत अन्य आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई समेत सहयोग उपलब्ध गराएर अध्यापन गराएको छ । ल्ख्ब् का प्रबन्धक डेनिश श्रेष्ठ होटलको व्यवस्थापन कार्य गरी स्तरीय कार्य गर्दै आउनु भएको छ । होटलको सेफ बन्ने धोको सपना बुनेका सुवासले ब्रेकफास्ट, चिकेन चिल्ली, चाउमिन, मःमः, बियानी त्यस्तै इन्डियन र इटालीयन खानाका परिकार बनाउन जानेको बताउँछन पाहुनासँग कसरी बोल्ने सेवा र सर्भिस कसरी गर्ने मुस्कान सहित सेवा गर्नुपर्ने कुरा सिकेको र आफू होटेलको सेफ बन्ने चाहना व्यक्त गरे सुबाशले ।

 

 

शुन्य बेरुजु गरेकोमा महाभारत गाउँपालिका सम्मानित

     देशमा आर्थिक अनुशासन विग्रदों अवस्था बढ्दै जाँदा बेरुजुको आकार हरेक वर्ष बढ्दै गएको छ । संघ प्रदेश देखि स्थानीय तहसम्मकै आर्थिक गतिविधिहरू पारदर्शी देखिएका छैनन् । जसको परिणामस्वरूप कारबाही गरी टुंगो लगाउनुपर्ने बेरुजु झन्डै १३ खर्बनजिक पुगेको छ । पाँच वर्षमै बेरुजु दोब्बर बन्न पुगेको छ । राज्यकोषमा जम्मा भएको रकमको मनमोजी तरीकाले र जथाभावी खर्च गर्नेमा स्थानीय तह अग्रस्थानमा छन् । गत आव ०८०÷८१ मा स्थानीय तहहरूको बेरुजु दुई खर्ब नौ अर्ब २८ करोड ९१ लाख छ । अधिकांश स्थानीय तहमा आर्थिक अपारदर्शिताका बग्रेल्ती कैफियत महालेखापरीक्षक कार्यालयले वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । तर, यसमा अपवाद बनेको छ, काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका । गत आवको लेखापरीक्षणबाट यो गाउँपालिकाको बेरुजु शून्य कायम भएको छ । अर्थात्, बेरुजु नै छैन । शून्य बेरुजु कायम गरेको भन्दै महालेखाले उत्कृष्ट पालिकाका रूपमा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बालाई सम्मान गरेको छ ।

     महालेखाको ६७औँ वार्षिकोत्सव समारोहमा आइतबार सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले महालेखाको प्रशंसापत्र जिम्बालाई प्रदान गर्नुभएको हो । आव ०८०÷८१ को लेखापरीक्षण गर्दा स्थानीय तहतर्फ गाउँपालिकाको लगती बेरुजु शून्य देखिएको भन्दै महालेखाले उनलाई सम्मान गरेको हो । गत आवमा गाउँपालिकाले चालू, पुँजीगत र वित्तीय÷अन्य व्यवस्थातर्फ गरेर कुल ७२ करोड ८८ लाख ६८ हजार रुपैयाँ खर्च गरेको थियो । महालेखाले लेखापरीक्षण गर्दा प्रारम्भिक प्रतिवेदनबाट ५७ लाख रुपैयाँ बेरुजु कायम भएको थियो । तर, त्यो पूरै रकम गाउँपालिकाले फस्र्याेट गरिदिएपछि महालेखाले बेरुजु सम्परीक्षण गरिदिएको थियो ।

     अध्यक्ष जिम्बाले आफूहरूको निष्ठा इमान्दारीता र कानुनसम्मत कार्य गराइको परिणामले गाउँपालिका बेरुजुविहीन भएको प्रतिक्रिया दिनुभयो । अघिल्लोपटक पनि यो गाउँपालिकाको बेरुजु शून्य नै थियो । अरू स्थानीय तहहरूलाई पनि कानुनसम्मत तरिकाले कार्य गर्न सुझाव दिनुभयो । जिम्बा गाउँपालिका अध्यक्षमा दोस्रोपटक निर्वाचित भई कार्य गर्दै आउनु भएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्