प्रथम मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता २०८२ बनेपामा शनिबार सम्पन्न भएको छ । बनेपा नगर टेबल टेनिस संघको आयोजना एवं बनेपा नगरपालिकाको सहयोगमा जेठ १५ देखि १७ गतेसम्म भएको प्रतियोगिताको १८ वर्ष उमेर समुह पुरुष सिङ्गलमा प्रजित भट्टराई प्रथम, जयस्नु महर्जन द्वितिय, विशाल थापा र सार्थक मानन्धर तृतीय त्यस्तै १८ वर्ष उमेर समुहकै महिला सिङ्गलमा इभाना थापा प्रथम, दिया देउला द्वितिय, सुस्मिता खड्का र श्रेया शाक्य तृतीय हुन सफल भए । जसमा प्रथम हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी खुल्ला पुरुष सिङ्गल तर्फ हिमाल बिष्ट प्रथम, गणञ्जय दाहाल द्वितिय, रुबिन महर्जन र सजन गडाल तृतीय त्यस्तै खुल्ला महिला सिङ्गलमा दिया देउला प्रथम, इभाना थापा द्वितिय, सुस्मिता खड्का र बियन्का राई तृतीय हुन सफल भएका छ्न । खुल्ला सिङ्गल पुरुष र महिला तर्फका बिजेताहरु लाई प्रथम ४० हजार, दोश्रो २० हजार र तेश्रो १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । यसैगरी मास्टर सिङ्गल ४० वर्ष उमेर माथी चन्दन शाही प्रथम, चन्दन कोजु द्वितिय, मुकेश महर्जन र महेश श्रेष्ठ तृतीय हुन सफल भए भने मास्टर सिङ्गल ५५ वर्ष उमेर माथी रजन सुब्बा प्रथम, नदिम शाक्य द्वितिय, राजेन्द्र बज्राचार्य र किरण ब्यन्जनकार तृतीय भएका थिए । त्यस्तै मास्टर डबल्स ५० बर्ष माथि राजेन्द्र बज्राचार्य र नदिम शाक्य प्रथम, जयराम महर्जन र राजन कर्माचार्य द्वितिय भए भने रबिन्द्र शाक्य, सुमन खड्गि, निलन श्रेष्ठ र निशान प्रधान तृतीय हुन सफल भए । मास्टर सिङ्गल ४० वर्ष उमेर माथी, मास्टर सिङ्गल ५५ वर्ष उमेर माथी र मास्टर डबल्स ५० बर्ष माथिका बिजेताहरुलाई क्रमश प्रथम पुरस्कार १५ हजार, द्वितिय पुरस्कार १० हजार र तृतीय पुरस्कार ५ हजार नगद प्रदान गरियो । काभ्रे बहुमुखी क्याम्पसको कभर्ड हलमा सम्पन्न प्रतियोगिताका बिजयी खेलाडीहरुलाई प्रमुख अतिथि केयुका उपकुलपति प्रा.डा अच्युत बाग्ले, बनेपा नगर प्रमुख शान्तिरत्न शाक्य, नेपाल टेबल टेनिस सघंका अध्यक्ष वृजेन्द्र हमाल, खेल संयोजक शिवसुन्दर गोथे लगायतले पुरस्कृत गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी वाग्लेले राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान खेलाडीहरु तयार पार्न प्रतियोगिताले मद्दत पु¥याएको बताउनुभयो । बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले टेबलटेनिस खेलको विकासको लागि नगरपालिकाले प्रशिक्षण लगायतका विभिन्न गतिविधि सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो । बनेपा नगर टेबल टेनिस सघंका अध्यक्ष परमेश्वर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको खेलमा २०० भन्दा बढी खेलाडीहरुले ७ वटा बिधाहरु समाबेश गरिएको खेलमा सहभागीता जनाएका थिए ।
