IMG-LOGO

लडकेश्वर धाममा गंगा स्नान र शिवपुराण कथा प्रवचन

 मंगल, जेठ २१, २०८२  – रामेश्वर आचार्य

     गोसाईंकुण्डमा लाग्ने दशधारा गंगा स्नान मेला यही जेठ १४ गते प्रतिपादाको दिनदेखि पनौती ११ वनथलीमा अवस्थित रुद्र पीठ लडकेश्वर घाममा चलिरहेको छ । आफ्ना दिवंगत उद्धार र मोक्षको लागि भागीश्वर राजाले स्वर्गबाट गङ्गा नदीलाई पृथ्वीमा ल्याउनु भएको र समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विष आफ्नो घाँटीमा धारण गरेपछि विषको प्रभावले छटपटी भएका भगवान शिवले गोसाईंकुण्डमा त्रिशुलले खोपेर त्रिशुल धाराको रुपमा गंगा नदिलाई यस धर्तिमा प्रकट गर्नु भएको दिनलाई गंगा दशधारा स्नानको रुपमा मनाउँदै आईएको छ ।

     २०८० जेष्ठ शुक्ल प्रतिपदाको दिनबाट ऊैँ कार टेलिभिजनका अध्यक्ष तथा कालाग्नी रुद्र पीठका पिठाधिसा मुकुन्द शर्मा हुमागाईको नेतृत्वमा श्री लड्केश्वर महादेवको मन्दिरमा निर्माण भएको १०८ शिवधारामा नगर प्रमुख उपप्रमुख राजनैतिक धार्मिक सामाजिक व्यक्तित्वहरु र हजारौँ भक्तजनहरूले स्नान गरेर दशहारा मेला स्नान शुभारम्भ गर्नुभएको थियो। गत असोज १० र ११ गते अविरल वर्षापछि आएको बाढीले लड्केश्वरमा रहेको १०८ शिवधारालाई पूर्ण क्षति पु¥याए पनि अहिले पूर्ण १०८ शिवधारा निर्माण गरिएको छ ।

लडकेश्वर धाममा नै गंगा स्नान किन ?

     समुन्द्र मन्थन गर्दा निस्केको काल कुट बिष आफ्नो घाँटीमा धारण गरेपछि बिषका प्रभावले छट्पटियर भगवान शिव कुशेश्वर हुदै यहि लडकेश्वर धाममा रहेको गुफामा बस्नु भयको र भगवान शिवलाई  शितलता प्रदान गर्नको लागी माता  पार्वतीले जलको धारा बगाउनु भयको मान्यता अनुसार लडकेश्वर महादेवको दर्शन गर्न र त्यहाँ स्नान गर्नु ठूलो पूण्य मानिन्छ । यहि प्राचीन मान्यतालाई आधार बनाएर लडडेश्वर धाममा १०८ शिव धारा निर्माण गरियको कुरा कालाग्नी रुद्र पिठका पिठाधिश मुकुन्द शर्मा हुमागाईले बताउनु भयो । अहिले मुकुन्द शर्मा हुमागाईद्वारा दैनिक लड़केश्वर धाममा शिव पुराण पाठ, कथा, प्रवचन र संगितमय भजन भइरहेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्