IMG-LOGO

मखमल, छालाको जुत्ता तथा क्रिस्टलका गहना बनाउने तालिम

 मंगल, जेठ २१, २०८२  --

     बनेपा÷बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र बनेपा नगरपालिकाको साझेदारीमा बनेपा नगरपालिका एक सय गृहिणी महिलाहरूको सशक्तिकरण सम्बन्धी उद्यमशीलता तथा सिप विकास तालिम सम्पन्न गरेको छ । तालिम समापनमा नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । सिप सिक्ने तर प्रयोगमा नल्याउँदा राज्यको लगानी त्यसैखेर गएको शाक्यले बताए । नगरपालिकाले प्रत्येक वर्ष विभिन्न प्रकारका तालिमहरू प्रदान गर्दै आएको शाक्यको भनाई रहेको थियो । कार्यक्रममा उप–प्रमुख विमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, वडा अध्यक्षहरू, महिला शाखा अधिकृत भगवती तामाङ लगायतले शुभकामना मन्तब्य राखेका थिए । तालिममा मखमल र छालाको जुत्ता बनाउने २० दिने तथा क्रिस्टलका गहना बनाउने १५ दिने तालिम प्रदान गरिएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्