सन २०१५ यता प्रत्येक बर्ष अन्तरास्ट्रिय युवा दिबसको अबसर पारेर आयोजना हुँदै आइरहेको राष्ट्रिय युवा सम्मेलन यसपाली पनि रोकियको छैन ।
बिगतका बर्षहरुमा जस्तै ७७ ओटै जिल्ला बाट २ जना, १ पुरुष १ महिला छ्नौट गरि राजधानिमा आयोजना हुँदै आइरहेको यस युवा सम्मेलन समय अनुकुलतालाई मध्यनजर गर्दै यसपाली अन्लाइन बाट नै भए पनि सम्मेलन भर्चुअल रूपमा सुरु भयको हो। अगस्ट९, १०, ११ र १२ सम्म हुन गइरहेको उक्त कार्यक्रममा युवा नेतृत्व , युवा उधमशिलता, दिगो पर्यटन, दिगो बिकाशका लक्ष्य, सुशासन , जलबायु परिबर्तन, निर्बाचनमा युवाको भुमिका लगायतका कुराहरुलाई मुख्यतः बिषय बस्तु बनाइ अग्रज र सम्बन्धित क्षेत्रका बिज्ञहरु द्वारा तालिम दिइनेछ। निशुल्क रुपमा सहभागी हुन पाइने यस सम्मेलनमा ७७ ओटै जिल्ला हरु बाट २र२ जना युवाहरु छनौट गरि सम्मेलनमा सहभागी गराइन्छ ।
अहिले नेपाल युवा परिषदको ६४ ओटा जिल्लाहरुमा आफ्नो शाखा बिस्तार भैसकेको छ। सम्मेलनमा आयोजक समूह, अतिथिहरु, प्रदेश संयोजक, जिल्ला संयोजक हरु गरि ४२० भन्दा बढी युवाहरु प्रत्यक्ष सहभागी भइराख्नु भएको छ ।
सम्मेलन परिषदको फेसबुक पेजबाट लाइभ हेर्न पनि सकिने छ ।
