IMG-LOGO

दुध दिवसको अवसरमा अन्तरक्रिया

 मंगल, जेठ २१, २०८२  --

     जुन १ अर्थात विश्व दूध दिवसको अवसर पारी धुलिखेल नगरपालिकामा दूधको खपत बढाऔं, अर्थतन्त्रलाई सबल बनाऔं भन्ने नाराका साथ अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो । दुग्ध क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुसंँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघ, जिल्लामा रहेका दुग्ध क्षेत्र सँग सम्बन्धित सरोवारवाला निकायहरुको सहभागिता रहेको थियो ।

     पशु सेवा कार्यालय प्रमुख डा. सृजा वाग्लेले दुध दिवसको महत्वलाई उजगार गर्दै कार्यपत्र प्रस्तुत गर्नुभयो । कृषकहरुको प्रतिनिधित्व गर्दै सेती देवी दुग्ध उत्पादक सहकारी संस्थाबाट कार्यपत्र प्रस्तुत गर्नुभयो । विश्व खाद्य संगठनले सन् २००१ बाट अन्तर्राष्ट्रिय दूध दिवस मनाउने निर्णय गरेकोमा नेपालले सन् २०११ बाट दिवस मनाउन थालेको हो । जिल्लालाई दुध उत्पादनको क्षेत्रमा आत्मनिर्भर जिल्लाको रुपमा परिचित छ । जिल्लागत तथ्यांकका आधारमा १ लाख ४७ हजार ८ सय ७४ गाई र १ लाख ३८ हजार ४ सय ९९ भैसी मार्फत १ लाख ४९ हजार २ सय ८० मेट्रिक टन दूध उत्पादन हुँदै आएको जनाएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्