IMG-LOGO

धुलिखेल अस्पतालको सामुदायिक दिवस

 मंगल, जेठ १४, २०८२  --

 

        धुलिखेल अस्पतालको सामुदायिक दिवस २०२५ बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.रामकण्ठ माकजुको सभापतित्वमा सम्पन्न भयो । धुलिखेल अस्पतालले दोलखा जिल्लामा अस्पताल र अन्य १७ स्थानमा सेवा केन्द्रहरु संचालन गरी ५० हजार भन्दा धेरै विरामीहरुका लागि सेवा प्रवाह उपलब्ध गराउँदै आएको छ । सामुदायिक दिवसका अवसरमा विभिन्न स्थानमा संचालन भएका स्वास्थ्य सेवा सेन्टर ब्यवस्थापन समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

        अस्पतालका प्रशासकीय प्रमुख डा.विराजमान कर्माचार्य, बरिष्ठ मुटु रोग विशेषज्ञ डा.राजेन्द्र कोंजु, सामुदायिक सेवा विभागका दिनेश थापा लगायतले धुलिखेल अस्पतालले धुलिखेलले स्वास्थ्य सेवा प्रभावकारी बढाउँदै लागेको बताउनुभयो । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.रामकण्ठ माकजुले सेवा गर्ने समुदायहरूसँग प्रगाढ सम्बन्ध सहितको प्रतिबद्धता रहेको उल्येख गर्नुभयो । कार्यक्रममा कार्यरत कर्मचारीहरुलाई प्रशंसा र कदरपत्रद्वारा सम्म्मान गरिएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्