IMG-LOGO

डेडीथुम्का माविका पूर्व विद्यार्थीहरुको शिक्षा सम्मेलन हुने

 मंगल, जेठ १४, २०८२  – उज्ज्वल चौलागाईं 

        काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ मा रहेको श्री डेडीथुम्का माविको पूर्वविद्यार्थी शिक्षा सम्मेलन आगामी जेठ १५ गते हुने भएको छ । बिहीबार बनेपामा पत्रकार सम्मेलन गर्दै आयोजक मूल समारोह समितिले बि.स २०३८ सालदेखि हालसम्म एसएलसीमा सहभागी आफ्ना विद्यार्थीलाई यो सम्मेलनमा सहभागीता गराउँने जनाएको छ । पूर्वविद्यार्थी शिक्षा सम्मेलन मूल समारोह समितिका संयोजक कश्यपप्रसाद पौडेलले विद्यालयबाट एसएलसी वा एसइइ दिएका करिब ४ हजार ५०० विद्यार्थीलाई समेट्न सकिन्छ कि भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको र जति सम्भव हुन्छ त्यतिलाई समेट्दै अघि बढ्ने जानकारी दिनुभयो । शिक्षा, राजनीति, प्रशासन, स्वास्थ्य, संचार, समाजसेवा, उद्योग लगायत विभिन्न क्षेत्रमा रहेका पूर्वविद्यार्थीहरुलाई पुनर्मिलन गराउने र डेडीथुम्काका साथै समग्र नगरपालिकाको शैक्षिक गुणस्तरलाई कसरी सुधार गर्न सकिन्छ भन्ने बारे छलफलका लागि सम्मेलन गर्न लागिएको डेडीथुम्का फाउण्डेशनका अध्यक्ष टोमप्रसाद सापकोटाले जानकारी दिनुभयो । विद्यालयका पुर्व विद्यार्थी एवं सामाजिक ब्यक्तित्व गोकूल गौतमले उक्त दिन उपस्थितीका लागि सम्पूर्ण पुर्व विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो । डेडीथुम्का मावि पूर्वविद्यार्थी शिक्षा सम्मेलनको प्रचार उपसमितिका संयोजक यदूनाथ गौतम देउपुरेले संचालन गर्नुभएको कार्यक्रममा नेपाल पत्रकार महासघं काभ्रेका अध्यक्ष बिनोद न्यौपाने लगायत अन्य सञ्चारकर्मिहरुको उपस्थिति रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्