IMG-LOGO

एटिएम मेसिन फोड्दा फोड्दै एक व्यक्ति पक्राउ

 मंगल, जेठ १४, २०८२  --

               बनेपा, नबिल बैंकको एटिएम मेसिन फोड्न प्रयास गरिरहेको अवस्थामा एक जना व्यक्ति पक्राउ परोका छन् । गत बुधबार राति करिब ११ः४० बजे उक्त बैंकको एटिएम मेसिनमा अनधिकृत गतिविधि भईरहेको जानकारी पाए लगतै प्रहरी उक्त स्थानमा पुगेको थियो । ईलाका प्रहरी कार्यलय बनेपाबाट प्रहरी निरीक्षक रामेश्वर त्वातीको नेतृत्वमा १० जनाको टोली धटनास्थलमा खटिएको थियो । प्रहरी टोलीले तत्कालै धटनास्थलमा पुगेर एटिएम मेसिन फोड्ने प्रयासमा रहेका जिल्ला सिन्धुली द्याङलेख गाउँपालिका(८ का ३० वर्षीय बुद्धीलाल तामाङलाई हथौडा र रडसहित नियन्त्रणमा लिएको हो । उक्त व्यक्ति हाल ईलाका प्रहरी कार्यलय बनेपामा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । घटनास्थल बनेपा ईलाका प्रहरी कार्यलयबाट करिब २ किलोमिटर पूर्वतर्फ पर्छ । प्रहरीका अनुसार एटिएम मेसिन सुरक्षित रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्