प्रथम मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता २०८२ बनेपामा हुने भएको छ । बनेपा नगर टेबल टेनिस संघको आयोजना एवं बनेपा नगरपालिकाको सहयोगमा जेठ १५ देखि १७ गतेसम्म प्रतियोगिता हुने सघंका अध्यक्ष परमेश्वर श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले २०८१ साउन ८ गते देखि नियमित प्रशिक्षण सहित खेलाडीहरु उत्पादन गरिरहेको जानकारी दिदै टेबलटेनिस प्रतियोगिताले एक अर्का बीचको भातृत्व तथा राष्ट्रिय स्तरमा खेलाडीहरुको प्रतिस्पर्धामा थप सहयोग पुग्ने धारणा राख्नुभयो । बनेपा तथा काभ्रेपलाञ्चोक जिल्लाबाट राष्ट्रिय स्तरका टेबल टेनिसका खेलाडीहरु तयार गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको खेल संयोजक शिवसुन्दर गोथेले बताउनुभयो । प्रतियोगितामा १८ वर्ष उमेर समुहका केटा र केटी दुबै समुहले प्रतिस्पर्धा गर्न सक्नेछन् । जसमा प्रथम हुनेले १५ हजार, दोश्रो हुनेलाई १० हजार र तेश्रो हुनेलाई ५ हजार नगद पुरस्कार उपलब्ध गराईनेछ । खुल्ला एकल पुरुष र महिला तर्फ प्रथम पुरस्कार ४० हजार, दोश्रो हुनेले २० हजार र तेश्रो हुनेले १० हजार प्राप्त गर्नेछन । त्यस्तै मास्टर सिंगल ४० वर्ष उमेर भन्दा माथी समुहमा प्रथम हुनेले १५ हजार, दोश्रो हुनेलाई १० हजार र तेश्रो हुनेलाई ५ हजार पुरस्कार ब्यवस्था गरिएको छ भने मास्टर सिंगल ५५ वर्ष उमेर समुह माथी प्रथम हुनेले १५ हजार, दोश्रो हुनेलाई १० हजार र तेश्रो हुनेलाई ५ हजार पुरस्कार ब्यवस्था गरिएको छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने,पुर्ब अध्यक्ष मोतीराम तिमल्सिना, काभ्रे बहुमुखी क्याम्पस प्रमुख के.जि बैदार टेबल टेनिस संघका जिल्ला अध्यक्ष विशाल कायस्थ लगायत खेलाडी एवं पत्रकार हरुको सहभागिता रहेको थियो ।
