धुलिखेल, दिगो लक्ष्य प्राप्तीका योजना सम्पन्न विना समृद्धिको यात्रा पुरा नहुने कुरा धुलिखेल नगरपालिकाका संथापक नगरप्रमुख बेलप्रसाद श्रेष्ठले बताउनुभयो । नेपाल भारत विश्व मैत्री संघले आयोजना गरोको समृद्ध बनेपा, सुन्दर धुलिखेल र हरित पनौती आर्थिक संस्कार एजेण्डा, सरकारी सार्वजनीक र निजी क्षेत्र बिच बृहत अन्तरक्रियात्मक प्रत्यक्ष बहस कार्यक्रममा उक्त कुरा संस्थापक नगरप्रमुख बेलप्रसाद श्रेष्ठले बताउनु भएको हो । विकास निर्माणमा जनप्रतिनिधि, नागरिक र सरोकारवाला सबै एक ठाँउमा उभिएर साझा अवधारणाकासाथ अधि बढ्नुपर्ने सुझाव संस्थापक नगरप्रमुख श्रेष्ठले दिनुभयो । धुलिखेलका जनताहकलाई रोशी खोलाको खानेपानी उपलब्ध गर्ने, भौतिक पूर्वाधारको विकासको सम्पन्नता, काठमाण्डौ विश्व विद्यालय निर्माण गरी गुणस्तरीय शिक्षा प्रदान गर्न संस्थापक उपकुलप्राती डा. सुरेशराज शर्मा, धुलिखेल अस्पताल निर्माणकर्ता डा. रामकण्ठ माकजु श्रेष्ठ देशको होनहार व्यक्तित्व भएको बताउँदै अस्पताल विश्व विद्यालय, निर्माण तथा धुलिखेलको समग्र विकासमा आफू १५ वर्ष नगरप्रमुख हुँदै उक्त कार्य गर्न सहजीकरण गरेको बताउनुभयो । कार्यक्रम संयोजक रजेश महर्जनले बनपा, धुलिखेल र पनौती क्षेत्रको समग्र विकासको नयाँ मोडल तयार गर्न सहजीकरण गरेकोमा संस्थापक नगरप्रमुख श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभयो ।
पानी र खानी एकै क्षेत्रमा हुँदैन पूर्वमन्त्री ः बास्कोटा
पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं संघीय सांसद गोकुल प्रसाद बास्कोटाले स्थानीय सरकारले पानी भएको क्षेत्रमा खानी सञ्चालन गर्न दिन नहुने, खानी र पानी एकै ठाउँमा चल्न सक्दैन मापदण्ड विपरीतका खानी सञ्चालनमा रोक लगाउन स्थानीय सरकारका प्रमुखहरूलाई निर्देशन दिनुभयो । धुलिखेल नगरपालिका पर्यटकीय क्षेत्रको सम्भावना भएको, बनेपा व्यापारिक र कृषि उपजको राम्रो उत्पादन हुने भएको, त्यस्तै पनौती धार्मिक सांस्कृतिक सम्पदाको र कृषि पशुपालन व्यवसायको अत्याधिक सम्भावना भएको हुँदा दिगो लक्ष्यका योजना निर्माण गरी कार्य प्रारम्भ गर्न निर्देशन दिँदै संघ सरकारले सक्दो सहयोग गर्ने कुरा पूर्वमन्त्री बास्कोटाले बताउनुभयो । पूर्वमन्त्री बास्कोटाले बनेपा, धुलिखेल र पनौती जोड्ने करिडोर निर्माण काभ्रे उपत्यका एकीकृत खानेपानी र फोहोरको दिगो व्यवस्थापनमा एकीकृत योजनाका साथ अघि बढ्न पूर्वमन्त्री बास्कोटाले निर्देशन दिनुभयो । बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले नगरेको समग्र विकासमा जनप्रतिनिधिहरू एकताबद्ध भइ लागेको बजेट अभावले जन आकांक्षा अनुसार विकासका आयोजना पूरा गर्न नसकेको बताउनुभयो । नगर प्रमुख शाक्यले २०५८ सालदेखिको काभ्रे उपत्यका बृहत एकीकृत खानेपानी, करिडोर निर्माण कार्य सम्पन्न गर्ने प्रदेश र केन्द्रीय सरकारले बजेट विनियोजन गरी सहयोग पुर्याउनुपर्ने बताउनुभयो । पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले २०५८ सालदेखिको काभ्रे उपत्यका एकीकृत खानेपानी, फोहोरको दिगो व्यवस्थापन, करिडोर निर्माणमा बनेपा धुलिखेल र पनौती नगरपालिकाले योजनाबद्ध ढंगबाट एकताबद्ध भई कार्य गरेमा जनताका सपना पूरा गर्न सकिने धारणा पनौती नगर प्रमुख भण्डारीले आफ्नो धारणा राख्नुभयो । कार्यक्रममा नगरपालिका प्रमुख अशोक ब्यान्जु भने कार्यक्रममा उपस्थित हुनुहुन्नथियो । बनेपा नगरपालिका उपप्रमुख बिमला सापकोटा दाहाल पनौती नगरपालिका उपप्रमुख गीता बन्जाराले समग्र विकासमा साझा एजेण्डा बनाएर कार्य सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो । उद्योग वाणिज्य, निजी क्षेत्रको सरकारबीच समन्य सहकार्य बिना विकास र समृद्धि हासिल हुन नसक्ने बताएका थिए । सामुदायिक रेडियो प्रसारक संघ काभ्रे संयोजक रमेश प्रसाद न्यौपानेले स्थानीय सरकारले ग्रामीण अर्थतन्त्र बलियो बनाउन युवा पिढींलाई उद्यमी व्यवसाय बनाउन लागिपर्ने, कृषि उपजलाई उद्योगसँग जोड्ने रोजगारीको सिर्जना गर्ने आर्थिक निर्देशिका अनुसार कृषि क्षेत्रको व्यावसायिक विकास गर्न कुल बजेटको १५% रकम विनियोजन गरी कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो । वरिष्ठ मुटु रोग विशेषज्ञ डा राजेन्द्र कोजुले शिक्षा र स्वास्थ्यको दिगो विकास गर्न तीनै तहका सरकार लाग्नुपर्ने धारणा राख्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुर कृष्ण वैद्यले घरेलु तथा साना उद्योगलाई प्रोत्साहित गर्ने उद्योगी व्यवसायीहरूलाई ५० लाखसम्म बैंकहरूले बिना धितो ऋण प्रवाह गर्ने वातावरण सरकारले नीति बनाउनुपर्ने बताउनुभयो । होटल संघले क्षेत्रीय सचिव जियोत्सना सैजु, होटल दुंशीत थानीका सञ्चालक रमेश अवाल, लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका सभापति राजेश महर्जनले सरकार, निजी क्षेत्र नागरिक सबैको सहकार्य र एकताले विकास र समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।
