IMG-LOGO

उपाध्यायको उपन्यास ऐँजेरुको लोकार्पण

 शुक्र, जेठ १०, २०८२  --

 

      काठमाडौं । उपन्यासकार शुकदेव उपाध्यायको दोस्रो औपन्यासिक कृति ऐँजेरुको लोकर्पण भएको छ । शनिबार साहित्य सदनमा आयोजित एक कार्यक्रममा रोचक घिमिरे, श्रीओम श्रेष्ठ रोदन, निर्मोही ब्यास, चन्द्रप्रसाद भट्टराई,माधव प्रसाद गौतम र उपाध्याय लगायतले उक्त उपन्यासको लोकार्पण गरे । नेपाल स्रष्टा समाजको आयोजनामा उक्त कृति लोकार्पण कार्यक्रम भएको हो । प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार एवं साहित्यकार रोचक घिमिरेले समाजको यथार्थलाई उपन्यासले समेटेको बताउँदै ऐँजेरु जस्ता पात्रहरु समाजमा यत्रतत्र पाइने बताए । उपन्यासले पश्चिम नेपालको भूगोलको परिवेश चित्रण गरेको बताए ।

      पुस्तकमाथि समीक्षा गर्दै अग्रज साहित्यकार चन्द्रप्रसाद भट्टराईले भने–’पात्रहरुले सजीव ढंगले संवाद गरेका छन् । कथाबस्तु शान्त र सलल बगेको छ । उनले भने उपन्यासका पात्रहरु जीवन्त छन् । पश्चिम नेपालको कथा समेटिएको पात्रहरुको चरित्र चित्रणमा मिहिनता देखिएको पठनीय कृति हो ऐँजेरु ।’ बरिष्ठ नियात्राकार निर्मोही ब्यासले उपन्यासको कथानक यथार्थमा आधारित भएको बताए ।

      सभाध्यक्ष एवं नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले भने–’हिजो आज पश्चिमा शैलीमा जन्मदिन मनाउने परिवेश छ । तर एउटा सर्जकले आफ्नो जन्मदिन सिर्जनात्मक कुरा गरेर कृति सार्वजनिक गरेर मनाउनु उदाहरणीय कार्य हो ।’ ’केक काटेर जन्मदिन बनाउनु र कृति सार्वजनिक गरेर जन्मदिन मनाउँनुमा आकास पातालको फरक छ । ७१ औं जन्मोत्सबमा कृति निकाल्नु स्रष्टाको निम्ति,परिवारको निम्ति मात्र नभएर समाजको लागि उदाहरणीय कार्य भएको बताए ।’ डा.शान्तिमाया गिरीले लेखकको व्यक्तित्व माथि प्रकाश पारिन् । कार्यक्रममा माधव प्रसाद गौतम, उपन्यासकार शुकदेव उपाध्याय, प्रदीप सापकोटा,तारा सुवेदी लगायतले मन्तव्य राखेका थिए ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्