IMG-LOGO

काठमाडौँ विश्वविद्यालय धुलिखेलमा अन्तराष्ट्रिय गणित सम्मेलन

 मंगल, बैशाख २३, २०८२  – गोविन्द प्रसाद मैनाली

     गणित विभाग, स्कूल अफ साइन्स, काठमाडौँ विश्व बिद्यालयले त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र नेपाल गणित समाजको सहकार्यमा International Conference on Non–Linear Analysis and OptimizationÚ ‘बिषयक अन्तर्राष्ट्रिय गणित सम्मेलनको आयोजना गर्न लागेको हो । उक्त सम्मेलन २०८२ साल बैशाख २५ देखि २७ गतेसम्म (मे ८–१०, २०२५) काठमाडौँ विश्वविद्यालयको प्रांगणमा सम्पन्न हुनेछ । सम्मेलनको प्रमुख विषयवस्तु "Non–Linear Analysis /Optimization"रहनेछ ।

     उक्त सम्मेलनमा २०० भन्दा बढीको सहभागिकता रहने र १२५ भन्दा बढी अनुसन्धानात्मक कार्यपत्रहरू प्रस्तुत हुने छन्, जसले गणितका प्रमुख विधाहरु — Differential equations, mathematical biology, Mathematical modeling, Data science and Machine learning, Non–linear analysis, Fixed point theory, Complex analysis, Harmonic analysis, Wavelet analysis, Special functions, Functional analysis, Fourier analysis, Numerical analysis, Complex analysis लगायतका विषयहरूमा प्रकाश पार्नेछ । तीमध्ये २० भन्दा बढी मुलुकका प्रतिष्ठित विश्वविद्यालय र अनुसन्धान संस्थानहरूमा आबद्ध वैज्ञानिक, अनुसन्धानकर्ता र प्राध्यापकहरूले सहभागिता जनाउनेछन्, जसले सम्मेलनलाई अझ अन्तर्राष्ट्रिय स्वरूप प्रदान गर्नेछ ।

     तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा हरेक दिनतीन वटा समानान्तर सत्रहरू सञ्चालन गरिनेछ । सम्मेलनको कार्यक्रम अन्तर्गत विभिन्न प्रस्तुति विधाहरू रहनेछन्, जसमा Keynote, Plenary Talk, Invited Talk, Contributed Talk tyf Poster Presentation तथा Poster Presentation लगायतका सेसनहरु समावेश गरिने कुरा कार्यक्रम संयोजक डा. के.वि. मानन्धरले जानकारी दिनुभयो ।

     Keynote, Plenary / Invited Talk df Non–Linear Analysis tyf Optimization सम्बन्धि नवीनतम अनुसन्धान, औद्योगिक प्रयोग, तथा अन्तरविषयीय अध्ययनहरू प्रस्तुत हुनेछन् भने ऋयलतचष्दगतभम त्बपि तथा एयकतभच एचभकभलतबतष्यल मा नवप्रवेशी अनुसन्धानकर्ता देखि स्थापित विज्ञहरूद्वारा विविध अध्ययन प्रस्तुत गरिने छन् । यो सम्मेलनले गणितीय अनुसन्धानको प्रवद्र्धन, सहकार्यको सम्भावना तथा अन्तराष्ट्रिय सम्बन्ध विस्तारका लागि उपयुक्त वातावरण सिर्जना गर्नेछ ।

     सम्मेलनमा विद्यार्थी, अनुसन्धानकर्ता, शिक्षक, युवा तथा सरोकारवालाहरूको व्यापक सहभागिता रहनेछ । यसले नेपालको गणित शिक्षा तथा अनुसन्धान क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्