IMG-LOGO

बनेपा नगरपालिकाले सहकारी प्रादुर्भाव अध्ययन समिति गठन ग¥यो

 मंगल, बैशाख २३, २०८२  --

 

    बनेपा नगरपालिकाले सहकारी प्रादुर्भाव अध्ययन समिति गठन गरेको छ । बनेपामा २ हजार साल भदौमा सहकारी संस्था स्थापना गरिएको पुष्टी भए पछि बनेपा नगरपालिकाले त्यसलाई संस्थागत गर्ने गरी इतिहासलाई मनन् गर्ने, संरक्षण, प्रर्वद्धन र उजगार गर्ने लक्ष्यका साथ सहकारी प्रादुर्भाव अध्ययन समिति गठन गरेको हो ।

    नगर प्रमुख शान्तिरत्न शाक्य संयोजक, उपप्रमुख विमला सापकोटा, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठ, जिल्ला बचत संघ काभ्रे अध्यक्ष उदयराम कायष्ठ, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्षहरु सदस्य रहेका छन् भने सहकारी अभियानकर्मी त्रय मण्डनदेउपुर ९ का दिपकप्रसाद पौडेल, नमोबुद्ध ७ का कुलचन्द्र अधिकारी, बनेपा ६ का रामहरी केसी, पनौती ८ का केशव थापा विज्ञ सदस्य, बनेपा ९ का मोतीराम तिमल्सिना रुपमा रहेका छन् भने सहकारी सम्वन्धी विभागीय काम गर्ने शाखाका प्रमुख समितिको सदस्य सचिव रहनेगरी समिति गठन गरिएको हो ।

    समितिको पहिलो बैठक आइतबार बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा बसेको छ । बैठकले सहकारी प्रादुर्भाव सम्वन्धी सामाग्रीहरु संकलन गर्ने निर्णय गरेको छ । त्यस्तै २०८२ भाद्र १ गते देखि सहकारी स्थापना दिवस बनाउने गरी तयारी गर्ने, सरकारी दस्तावेजहरुमा उल्लेख भएका तथ्यांकलाई कार्यान्वन गर्न पहल गर्ने निर्णय भएको नगर प्रमुख शाक्यले बताउनु भयो ।

    नेपालको ईतिहासमा हालसम्म चितवन जिल्लाको शारदा नगरमा २०१३ साल चैत्र २० गते बखान ऋण सहकारी संस्था स्थापना भई संचालनमा आएको संस्था नै नेपालको पहिलो सहकारी संस्था भएको उल्लेख गरेको छ । संसदिय समितिले उक्त तथ्य गलत भएको उल्येख गरेको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्