१५ वर्षीया किशोरी बलात्कारको आरोपमा धुलिखेल नगरपालिका-८ का २३ वर्षीय जयराम चौलागाईलाई बलात्कार आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार धुलिखेलकै १५ वर्षीय बालिकालाई खाजा खुवाउने निहुमा भक्तपुर हुँदै काठमाडौंको सुन्धार पुर्याएर बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । यही असार ५ गते बिहान १० बजेदेखि बालिका हराएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा निवेदन दिएका थिए । खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी बृत्त जनसेवाको टोलीले आइतबार सुन्धारामा बालिकालाई फेला पारेको थियो । बालिकाको बयानका आधारमा जयरामलाई पनि सुन्धारा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जयराम विरुद्ध बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त जगातीमा किटानी जाहेरी दिएकी छन् ।
