IMG-LOGO

मेलम्चीका बाढी पिडितलाई पतञ्जली योग समिति काभ्रेको सहयोग

 मंगल, असार ८, २०७८  ---

    बनेपा, पतञ्जली योग समिति काभ्रे बनेपाले मेलम्चीका बाढी पिडितलाई राहत सामग्री वितरण गरेको छ । शनिबार एक कार्यक्रमबीच मेलम्ची नगरपालिकामा गई राहत वितरण गरको हो । नगर उपप्रमुख भगवती नेपाललाई पतञ्जली योग समिति बागमती प्रदेशका सभापति ग्रुवेन तौजले र पतञ्जली योग समिति काभ्रेका अध्यक्ष दमनकुमार श्रेष्ठले राहत सामग्री हस्तान्तरण गरेका थिए । सावुन, रुमाल, चप्पल, सेनीटरी प्याड तथा लुगा कपडा सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य शुरकृष्ण बैद्य, सिन्धुहेलम्बु यातायात समिति प्रालिका अध्यक्ष राजेश कुमार श्रेष्ठको सहाभागीता रहेको थियो । राहत सामग्री २ सय ५० जनालाई दिइएको थियो । बाढी पिडितको सम्बन्धमा मेलम्ची नगरपालिका वडा नं ११ का अध्यक्ष रुद्रप्रसाद दुलालले भने इन्द्रेश्वरी माध्यमिक विद्यालयमा राखिएका २ सय ५० पिडितहरुको ज्यान भने जोगाएको अरु सबै सामग्री खोलाले बगाएको बताए । 
    मेलम्ची नगरपालिका वडा नं ११ बजारका ४० बर्षीय अमितकृष्ण श्रेष्ठले ६ आना जमिनमा बनेको २ तल्ला घर तल्ल सबै खोलाले बगर बनायो, सम्पतीको नाममा अरु केही नभएको दुःखेसो पोखे । त्यस्तै मेलम्ची बजारमानै मासु पसल व्यवसायी गरी बसेकी २५ वर्षीय लक्ष्मी शाहीले १५ लाख लगानी गरेर ६ वर्ष अघि सुरु गरेको सबै क्षति पुगेको र आफ्नो उठि बासै लागेको बताइन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्