स्वस्थ र निरोगी समाज निर्र्माणका लागि काभ्रे जिल्लाका विभिन्न क्षेत्रका गुर्जो वितरण गरेको छ । विश्व रक्तदाता दिवसको अवसरमा गुर्जो रोपणका साथै वितरण गरिएको थियो । धुलिखेल जुनियर जेसिज, धुलिखेल उद्योग वाणिज्य संघ, धुलिखेल जेसिजको संयुक्त आयोजनामा धुलिखेल अस्पताल चोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गुर्जो अभियान्ता एवं आन्तरिक राजश्व कार्यालय काभ्रेका कार्यालय प्रमुख कमल बहादुर राजलवटको सहभागितामा गुर्जो वितरण र रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेको धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजुले काभ्रे टाइम्सलाई बताए । रक्तदान गर्ने व्यक्तिहरुलाई गुर्जोको विरुवा वितरण गरेको थियो । सलम माखा अधिकारी टोल, शिव सरस्वती सेवा समितिह हक पोखरीमा गुर्जो रोपण गर्नुका साथै गुर्जो चिया सेवन गराउँदै गुर्जो वितरण गरिएको थियो ।
कोरोना संक्रमित व्यक्ति तथा परिवारलाई गुर्जोको औषधी गुर्जोको बेर्ना गुर्जोको चिया वितरण गरिएको थियो । उक्त अवसरमा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट रवि भवनका कार्यकारी निर्देशक सदपक थापालाई आन्तरिक राजश्व कार्यालय धुलिखेल काभ्रेका कार्यालय प्रमुख राज पलटले २ सय गुर्जोको बेर्ना तथा गुर्जो चिया प्याकेट हस्तान्तरण गरे । बालकेट रेडक्रसका सभापतिलाई पनि ४ सय गुर्जोको बेर्ना हस्तान्तरण गरिएको थियो ।
