कम्प्युटर एशोसियशन नेपाल महासंघ (क्यान) काभ्रेले नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान तथा नयाँ वर्षको भित्तेपात्रो लोकार्पण कार्यक्रम शुक्रबार बनेपा पार्टी भेन्युमा सम्पन्न गरेको छ । प्रमुख अतिथि जिल्ला सरकारी वकिल कार्यालय काभ्रेका प्रमुख जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै सूचना प्रविधिले दैनिक जीवनयापन सरल बनिरहेको भएपनी त्यसको गलत प्रयोगका कारण साईबर अपराधका मुद्दाहरु आर्कषित भई मानिसहरू जेलजीवन भोग्न बाध्य भईरहेको बताउनुभयो । क्यान महासंघका केन्द्रिय उपाध्यक्ष शेखरनाथ दुलालले सूचना प्रविधिको सहि प्रयोग र आवश्यकताका बारेमा आफ्नो धारणा राख्नुभयो । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, क्यान महासंघ बागमती प्रदेशका उपाध्यक्ष विकास पन्त, काभ्रेका निवर्तमान अध्यक्ष रामचन्द्र न्यौपाने, बनेपा नेपाल पोलिटेक्निक शिक्षालयका उपप्रमुख सरोज बाँनिया, क्यान काभ्रेका पदाधिकारी, सदस्यहरू सहभागी रहेकोे कार्यक्रम अध्यक्ष देवकी आचार्य दुलालको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा २०८२ को भित्तेपात्रो लोकार्पण समेत गरियो । सचिव केवल प्रसाद तिमल्सिना (राजकुमार) ले संचालन गर्नुभएको कार्यक्रमको दोस्रो सत्रमा क्षमता अभिबृद्धी सम्वन्धी गोष्ठी सम्पन्न भएको थियो ।
