IMG-LOGO

स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै बनेपा न.पा.

 मंगल, असार ८, २०७८  ---

    बनेपा नगरपालिका नगरवासीहरुमा प्रभाबकारी स्वास्थ्य सेवाको पहुँच विस्तारको लागि १४ वटै वडाहरुमा प्राथमिक स्वास्थ्य सेवा, गर्भवती जाँच, जेष्ठ नागरिकहरुलाई विशेष प्राथमिकता साथ स्वास्थ्य सेवा पुर्‍याउन लागि परेको छ । जेष्ठ नागरिकहरुलाई निःशुल्क आँखा जाँच, मोतिया विन्दुको अपरेशन, आवश्यक पर्ने औषधी निःशुल्क प्रदान गरी सेवा पुर्‍याएको बनेपा नगरपालिका स्वास्थ्य शाखा जन स्वास्थ्य अधिकृत सम्भु महतोले बताए । दुई वर्ष अघि बनेपा नगरपालिका र  रेयुकाई मासुनागा आँखा अस्पतालसँग सम्झौता गरी जेष्ठ नागरिकहरुको आँखा जाँचसाथै निःशुल्क सल्यक्रिया गर्ने सम्झौता भएको थियो । त्यस्तै गरी कोरोना भाइरस कोभिड-१९ प्रकोपको दोश्रो लहर फैलदो क्रममा रहेकाले चेतनामुलक सन्देश प्रवाह, एक मानिसबाट अर्को मानिसमा स्वास प्रस्वास, हेलमेलबाट सर्ने भएकाले सामाजिक दुरि कायम गर्न मानिसको भिडभाड हुन नदिन, कोभिड -१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जेठ ४ गते देखि ३१ गते सम्म  बनेपा नगर क्षेत्र सिल गर्‍यो । कोभिड-१९ को संक्रमण फैलँदो अवस्थामा रहेकाले नगर क्षेत्रको हरेक वडा वडामा पि.सी.आर र एन्टीजन विधिबाट नागरिकहरुको परीक्षण गरेर रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले कार्य गरेको प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले जानकारी दिए । कोभिड-९ पहिचान, जाँच, संका लागेका संकास्पद व्यक्तिहरुको वडा वडामा नै गएर पि.सी.आर परीक्षण गरिएको बनेपाका जनस्वास्थ्य अधिकृत शम्भु महतोले बताए । सद्भाव सामुदायिक अस्पताल नाला, स्पाइञ्जल इन्जरी पुनःस्थापना केन्द्र, बनेपा स्वास्थ्य शाखाबाट नागरिकहरुको पि.सी.आर. परीक्षण गरी सेवा प्रवाह गरेको नगरपालिकाले जनाएको छ । 
    हाल सम्म कोभिड-१९ को दोश्रो चरणमा १ हजार ६ सय ५२ कोरोणा संक्रमित, १ हजार ४ सय ७८ जना निको भएका छन् । हाल सम्म २७ जनाको निधन भएको  छ । १ सय ४१ जना सक्रिय संक्रमित छन् । नगरपालिकाले निर्माण गरेको आइसोलेसन वार्डमा ५९ जना उपचार भएको ५६ जिना निको भई घर फर्केका छन् । बनेपाका १ हजार ४ सय ३५ जनाले चाइनिज भेरोसेल दोश्रो डोज खोप लगाएका छन् । ६२ देखि ६४ उमेर समुहकाले ९ सय १० जनाले पनि भेरोसेल खोप लगाएका छन् । स्वास्थ्यकर्मी र शिक्षक गरी ४ सय जनाले इण्डीयन कोभिड सिल्ड खोप लगाएका छन् । बनेपा नगरपालिका स्वास्थ्य शाखामा १ डाक्टर विनोद कुमार मण्डल सहित ५४ जना स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रवह गरेका छन् । बनेपा नगरपालिकाले नै पि.सी.आर परीक्षण गरेका १ हजार ७ सय७३ मध्ये ६ सय ८४ जना पोजेटिभ केश आएको थियो । प्रतिशतमा ३८ दशमलब ५१ प्रतिशत पोजेटिभ केश देखिएको छ । नगरपालिकाको १४ वटै वडामा गई एन्टीजन विधिबाट ७ सय ७० परीक्षण गरिएको मध्ये ५ जना संक्रमित भएका थिए । कोभिड-१९ संक्रमण भएका विरामीहरुले उपचारको लागि भोमी अस्पताल बनेपासँग सम्झौता गरी कोभिड उपचार शुरु गरेको छ । विरामीहरुलाई सेवा दिए बापत नगरपालिकाले मासिक १३ लाख ३८ हजार भुक्तानी गर्ने प्रवन्ध समेत गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्