इलाका प्रहरी कार्यालय बनेपाले आफ्नै भवन निर्माण सम्पन्न गरेको छ । नव निर्मित भवनको शुक्रबार एक कार्यक्रम बिच बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशव राज पाण्डेले उद्घाटन गरे । २०७६ असोज १७ गते सम्झौता भई भवन निर्माण कार्य शुरु भएको उक्त भवन ३ करोड ४७ लाख ८ सयमा निर्माण सम्पन्न भएको हो । बागमती प्रदेश सरकारले उपलब्ध गराएको बजेटबाट निर्मित भवनको कुल क्षेत्रफल ९२ वर्ग मिटर छ । व्यारेक भवन, मेस, शौचालय सहित ४ तल्लाको भवन बनेको छ । कार्यक्रममा बनेपा नगरपालिकाका नगरप्रमुख लक्ष्मीनर सिंह वादे, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल बागमत िप्रदेश प्रहरी प्रमुख डि.आइ.जी बसन्त लामा, जिल्ला प्रहरी कार्यालय धुलिखलका प्रहरी प्रमुख भुपेन्द्र बहादुर खत्री, इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख इन्सपेक्टर राजन कोइराला र स्थानीयहरुको कार्यक्रममा सहभागीता रहको थियो ।
