IMG-LOGO

बाढीले विध्वंस मच्चायो इन्द्रावती नदीको डुवानले मेलम्बचीवासी बिचल्लीमा

 मंगल, असार ८, २०७८      रमेश प्रसाद न्यौपाने 

     भनिन्छ नी कुनै पनि प्राकृतिक विपत्ती बाजा बजाएर आउँदैन् । मनसुन सक्रिय भएसँगै गत मंगलबार इन्द्रावती नदी उर्लिएर मेलम्ची बजारमा ठूलो क्षेति पुर्‍याएको छ । मेलम्ची नगरपालिका वडा नं ११ मेलम्ची बजार डुवानमा परेपछि त्यहाँका नागरिहरु बिचल्लीमा परेका छन् । मेलम्चीमा बाढी लामटाङ निकुञ्जको भ्रेमा थाङमा भीमकाय पहिरो गएका कारण मेलम्ची बजार डुवानमा परेको राष्ट्रिय विपत्तीको विज्ञ टोलीको अनुगमनले पुुष्टि गरेको छ । नदीको ठूलो बहाव तटीय क्षेत्रको कटानले भवनहरु दुई तल्ला सम्म पुरिएका छन् । आवादी गरिएको खेत बगरमा परिणत भएको छ । उनीहरुको ज्यान जोगियो लगाएको कपडा बाहेक अरु सबै नदीको डुवानले विध्वंश गर्‍यो । त्यस्तै भएको छ मेलम्चीका नागरिकहरुमा, एकतीर कोभिड-१९ को महाव्याधि अर्को तिर बाढीको विध्वंस अविराल वर्षातका कारण देशका विभिन्न भागमा बाढी पहिरोले तहस नहस गरेको छ । बीच भागमा बगेको इन्द्रवाती नदी बर्षातका कारण अत्याधिक वहावले बिच भागमा बगेको इन्द्रावती नदी मेलम्ची बजारको पल्लो भाग हेलम्बु तालामाशङ्ग जाने साईडमा ठोक्कीए पछि मेलम्ची बजार डुवानमा परेको हो । मेलम्ची वडा नं ११ का ४० बर्षीय अमीतकृष्ण श्रेष्ठले भने ६ आना घडेरीमा २ तल्ला घर बनाएर भाडामा लगाई आफ्नो जीवन यापन चलाएको, आफ्नो श्री सम्पत्ती त्यही घर मात्र भएको अरु जाय जेथा केही नभएको बताए । उनले भने इन्द्रवती नदीको डुवानले घर नै बगरमा परिणत भयो भन्दै गहभरी आँशु पार्दै भकानीएर रोए । एक छोरा एक छोरी सहित ४ जनाको परिवारलाई कसरी पाल्ने केही सोच्नै नसकेको भने नदीले बगाएको बगरमा मात्र आफ्नो आँखा घुमिरहेको रातभरी निन्द्र नै नलाएको बताए । उनी त एक प्रतिनिधि पात्र मात्र हुन उनी जस्ता एक सय घर डुवानमा परी बगर बनेको छ । ५० घर जोखिममा छन् । त्यस्तै सोही ठाउँका ४५ बर्षीय दामेदर श्रेष्ठ आफ्नै घरमा मोटर साइकल वर्क सप सञ्चालन गर्दै आएको नदीको डुवानले सर्वस्व सकिएको उहि कथा व्यथा सुनाए । त्यस्तै गरी भक्तपुरबाट मेलम्चीमा ६ वर्ष अघि १५ लाखको लगानीमा पसल सञ्चालन गर्दै आएका ३० वर्षीय सुजित शाही र २५ वर्षीय लक्ष्मी शाहीले भने ज्यान त जोगाइयो डुवानले पसल सञ्चालन गरेको भवन एक तल्ला डुव्यो सबै क्षति भयो अब के गर्ने कसो गर्ने सोच्नै नसकेको बताए । नदिको कटानले नवलपुर, पाँचपोखरी, तिपिनी जाने पुल भत्काएको छ । यातायात, सञ्चार र विद्युत अवरुद्ध भएको छ । उद्धार राहतको उचित प्रवन्ध गर्न मेलम्ची नगरपालिकाले कस्तो योजना बनाई अघि बढेको छ भन्ने जिज्ञासा राख्दा उपप्रमुख भगवती नेपालले यस्तो प्रतिक्रिया दिइन् । जिल्लाको विपत व्यवस्थापन समितिको बैठक बसेर नागरिकहरुको जीवन रक्षा उद्धार र राहत वितरण कार्यक्रमलाई प्रभावकारी बनाउन हामी जनप्रतिनिधि टिम, जिल्ला, प्रशासन कार्यालय र सुरक्षाकर्मीहरुको टोली सक्रिय रुपमा खटिएकाछौँ । बाढीका कारण विपत्ती आएको छ । विपत्तीलाई हामीले सामना गरेर सहजता प्रदान गर्न हामी एक जुट भएका छौँ । भेलम्ची बजारका २ सय ५० घर धुरी र पाँच पोखरीको ६५ घर धुरी गरी ६ सय जना बाढीबाट पिडित भएका छन् । साविक हेलम्बु गाउँपालिकाको अझै पिडीत कति छन यकिन भएको छैन् । मेलम्चीको इन्द्रावती बहुमुखी क्याम्पस र इन्द्रेश्वर माध्यमिक विद्यालयमा करीव ५ सय जना पिडितहरुलाई मेसमा खाना खुवाउने कार्य गरिएको उपप्रमुख नेपालले जानकारी दिइन् । हेलम्बु, पाँचपोखरी, थाङपाल र इन्द्रावती गाउँपालिका तीन पालिका यातायात अवरुद्ध हुन पुग्दा जीवन यापन कष्टकर बन्दै गएको छ । त्यसको बारेमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले नागरिकहरुको जीवन पुनःस्थापन सहज बनाउन के गर्दैछ भन्ने सवालमा प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलसँग जिज्ञासा राख्दा उनले यस्तो प्रकृया दिए । उद्धार राहत र सर्वसाधारणको जीवनलाई सामान्य अवस्थामा ल्याउन शसस्त्र प्रहरी, नेपाल प्रहरी र सेनाको टोलीले विहीबार ७४ जना उद्धार गर्‍यो । पिडितहरुलाई राहत सामग्री समान ढङ्गबाट वितरण गर्न एकद्वार प्रणाली लागु गरिएको छ । बैकल्पिक यातायात र सञ्चार सेवा  पुर्‍याउन, विद्युत आपूर्ति सहज बनाउन थालिएको छ । प्रजिअ पोखरेलले भने २० जना बेपत्ता मध्ये ४ जना सकुशल रहेको, ३ जनाको मृत्यु भएको मध्ये १ जना भारतीय नागरिक र २ जना चिनिया नागरिक फेला परेको, १३ जना अझै बेपत्ता रहेको उनीहरुको खोजी कार्य भईरहेको प्रजिअ अरुण पाखरेलले बताए । जिल्ला प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार मृत्यु हुने ३ जनामा ४८ वर्षीय यु सिद्ध, २३ वर्षीय गोडटी आनाच्छायो र ३२ वर्षीय एक भारतीय नागरीक कमल महतोको नदीको डुवानबाट मृत्यु भएको अवस्थामा फेला परेको सिन्धुपाल्चोक प्रहरी कार्यालयले जनाएको छ । इन्द्रावतीमा आएको बाढीको वितण्डाले ९ सय जनाको संख्यामा प्रभावित भएका छन् । मेलम्ची बजारको १ सय घर पुरेर बजारमा बगरमा परिणत भएको छ । १० हजार रोपनी आवदी जग्गा पुरै बगरमा  परिणत भएको छ भने मेलम्चीबाट हेलम्बु इन्द्रावती पाँच पोखरी थाङपाल गाउँपालिका जोड्ने मोटरबेल पुल बाढीले भत्काए पछि जनसम्पर्क, यातायात, सञ्चार टुटेको छ । सिन्धुपाल्चोक जिल्लाको विकास र समृद्धिको खम्बामा उभिएको मेलम्ची बजार डुवानले ठूलो धक्का बेहोर्नु परेको छ । संघीय सांसद एवं सभामुख अग्नी सापकोटा, स्वास्थ्य मन्त्री शेरबाहादुर तामाङ र बागमती प्रदेशको आन्तरीक कानुन तथा सामाजिक विकास मन्त्री केशवराज पाण्डे लगाएतले सिन्धुपाल्चोक जिल्लामा इन्द्रवती नदीको डुवानले नागरिकहरुले बेहोर्नु परेको क्षेतिमा कसरी मलम पट्टी लगाउँछन् त्यो भने हेर्न बाँकी छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्