IMG-LOGO

व्यवसाय सञ्चालन आलोपालोमा

 मंगल, असार ८, २०७८  ---

    जिल्ला प्रशासन कार्यालय धुलिखेल काभ्रेले असाढ ७ गतेबाट १४ गते सम्म लकडाउन आदेश जारी गरेको छ । व्यापार व्यवसाय सञ्चालनमा भने केहि हेरफेर गरी आलोपालो सञ्चालन गर्न पाईने भएको हो । अत्यावश्यक सामग्री औषधी तथा खाध्य सामग्री खरीद बाहेक हिड्डुल आवत जावत गर्न नपाइने, गोष्ठी भेला, जुलुस, सभा, समारोह, सिनेमा हल, पार्टी प्यालेस मनोरञ्जन स्थल, शैलुन ब्युटिपालर, जिम खाना, खेलकुद संग्राहलाय खोल्न पाइने छैन् । जात्रा महोत्सव गर्न पाइने छैन् । फलफुल तरकारी खाद्यय सामग्री ग्याँस पेट्रोलियम पदार्थ ओसार पसार गर्न भने पाइने छ । यातायातका साधान मात्र चल्न पाउने गर्ने । यातायात, साधन मात्र चल्न पाउने छन् ।
    स्टेशनरी पाठ्य पुस्तक कारोबार गर्ने पसलहरु विहान देखि ११ः३० बजे सम्म खोल्न पाइने छ । सुन पसल, भाँडा जन्य, विद्युतिय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटो मोवाइल्स पार्टस, इलेक्ट्रोनिक्स पसलहरु आइबार, मंगलबार, विहिबार विहान १० बजे देखि साँझ ५ बजे सम्म निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गरेर मात्र सञ्चालन गर्न पाइने छ । खेलकुद सामग्री पसल, कपडा, जत्ता, फेन्सी कस्मेटीक, साडी, गिफ्ट आइटम, टेलरिङ्ग मापदण्ड अनिवार्य पालना गरी सोमबार, बुधबार र शुक्रबार विहान ११ बजे देखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने त्यस्तै हार्डवेयर पसल, विजुलीका सामान, स्यानिटरी, सिमेन्ट, हार्डवयर, मार्वल, कार्पेट पसल विहान ११ बजे देखि साँझ ६ः३० बजे सम्म सञ्चालन गर्ने निजिसावरी साधन कार, जीप भ्यान र मोटर साइकल स्कुटी जोर नम्बर जोरबार, विजोर नम्बर विजोरबार चल्न पाउने छन् । निषेध आदेश भर होटल रेष्टुरेन्टको हकमा टेक वे र होम डेलीभरी सेवा दिन सक्ने छ । आदेश पालना नगरी उल्लघन गरेमा सजाय हुने कुरा प्रमूख जिल्ल अधिकारी शिवराम पोखरेलले काभ्रे टाइम्सलाई बताए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्