कास ! म रुदाँ खेरी कसैले अँगालो मारेर भनोस - ए ! नारों तँ तँ रुदाँ मलाई पनि त गाह्रो हुन्छ ।
यी शब्दमा टिकटकमा अभिनय गर्ने मनिषा उपाध्याय घिमिरे र उनका ६ बर्षिय छोरा युवान घिमिरे अहिले यो धर्तीमा छैनन् । उनीहरुको बिहिबार राति रहस्यमय तवरले मृत्यु भएको हो । प्रहरीले घटना लगत्तै जानकारी दिए अनुसार - पाँचखाल - ६ घर भई हाल बनेपा ११ बानिया टोल स्थित दिनेश काफ्लेको घरमा डेरागरी बस्ने वर्ष ३३ को कमल भन्ने माधवप्रसाद घिमिरेले आफ्नै श्रीमती वर्ष ३० कि मनिषा कार्की (घिमिरे) र निजको छोरा वर्ष ६ को युवान घिमिरेलाई नाम नखुलेको विषादी सेवन गराई ढोकामा ताल्चा लगाई निस्कने क्रममा स्थानियले भेटेर श्रीमती र छोरा खोइ भनि सोध्दा हिजो हाम्रो सामान्य झगडा भएको थियो आफ्नै पसल तिर गएकी होली भन्ने जवाफ दिएका थिए । स्थानीयले थप शंका लागेर कमल भाग्न खोज्दा प्रहरीलाई खबर गरेका थिए । बनेपा ८ करूणा मार्गको भित्री गल्लि बाटोमा हिडिरहेको अबस्थामा प्रहरीले कमललाई पक्राउ गरेको थियो । उता कोठामा श्रीमती र छोरा मृत अबस्थामा भेटिएका थिए यता कमलले आफुले पनि विषादी सेवन गरेको भनेपछि प्रहरीले उपचारको लागि शिर मेमोरियल अस्पताल पठाएको थियो । अहिले कमलको आइसियुमा राखेर उपचार जारी छ । दुवै लाशको स्थलगत मुचुल्का पोष्ट्मार्टम पछि असार ४ गते राति उग्रेश्वरमा अन्त्येष्टी गरिएको छ । ८२ बर्षिय शान्तप्रसाद घिमिरेले छोरा कमल भनिने माधवप्रसादको बुहारी र नातिको मृत्युमा शंका व्यक्त गर्दै अनुसन्धान र कारवाहीको माग गर्दै प्रहरीमा जाहेरी दर्ता गरेका छन् ।
मनिषा उपाध्यायको टिकटक mबलष्कजबगउबमजथबथछद्धष्वगववग अध्ययन गर्दा धेरै पर्दा उघ्रिन सक्छ । दुवै पति पत्नीको माया प्रेममा दरार भएका दारुण अभिनय टिकटकमा मनिषा र छोरा युनव मार्फत गरेकी छिन् । - मनीषाको टिकटकका अनुसार ठोकुवा गरेर भन्न सकिन्छ उनीहरु बीच बेमेल थियो । भारतको आसाममा जन्मिएकी मनिषा र कमल बीच ७ बर्ष अघि प्रेम विवाह भएको थियो । भारतमा हुर्किएका कमल बिहे अघि बैदेशिक रोजगारीका लागि साउदीमा काम गर्थे । विहे गरेर छोरा जन्मिए संगै उनीहरु बनेपा आएर ६ बर्ष देखि करुणा मार्गमा फेन्सी पसल संचालन गरिरहेका थिए ।
