IMG-LOGO

संचारकर्मी बजगाई सम्मानित

 मंगल, चैत ४, २०८१  --

 

       बालविवाह सम्बन्धी सन्देश मुलक सामग्री जोडेर सामाजिक तथा पारिवारिक कथामा बन्दै आएको धाराबाहिक श्रृखला (वेब सिरिज) देउरानीले गरिमामय १००औं भाग सफलताका साथ प्रवेश गरेको अवसरमा सञ्चारकर्मी नवराज बजगाईलाई सम्मान गरेको हो ।

       अनामनगर काठमाडौंमा आईतबार आयोजित कार्यक्रममा दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट कला, संस्कृती, साहित्य तथा समाज परिवर्तनमा योगदान पुर्‍याएबापत सम्मान गरिएको वेब सिरिज देउरानीका निर्देशक विष्णु रिजालले बताउनुभयो । साहित्य, कला र वाङमय क्षेत्रका साथै सामाजिक क्षेत्रमा बजगाईले गरेको कार्यको निरन्तरताको लागि सम्मान प्रदान गरिएको वेब सिरिज देउरानीका निर्माता अर्पणा कार्कीले जानकारी दिनुभयो ।

       बजगाईलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मिथिला शर्मा, जयकिशन बस्नेत, बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास पूर्व मन्त्री वसुन्धरा हुमागाई, अग्रज कलाकार, विष्णु सापकोटा, विद्या कार्की, देउरानीका लेखक निर्देशक विष्णु रिजाललगायतले सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा सञ्चारकर्मी पुजन धिताल र देउरानीका कलाकारहरुलाई सम्मान गरिएको थियो ।

       प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जाल काभ्रेका सल्लाहकार, पत्रकार महासंघ काभ्रेका पुर्व उपाध्यक्ष, नव क्षितिज साप्ताहिकका प्रकाशक/प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक/प्रधान सम्पादक रहेर कार्य गर्दै आउनु भएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्