नेपालमा फैलिएको कोरोना भाइरस डेल्टा भेरियन्टको नयाँ रुप पुष्टि भएको छ । े अहिले देखिएका नयाँ प्रजातिका भाइरस बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने देखिएकाले थप सचेतता अपनाउन स्वाथ्य मन्त्रालयले आग्रह गरेको छ । गत वैशाख २७ देखि जेठ २० सम्म देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भारत पठाइएका नमूनामध्ये ४७ वटा नमूनामा डेल्टा भेरियन्टको बी.१.६१७.२ र एउटा नमूनामा अल्फा भेरियन्ट पुष्टि भएको थियो ।
अहिलेसम्म नेपालमा देखिएको वा अन्यत्र देखिएको थप उत्परिवर्तनलाई त्यस्तो सूचीमा राखिएको छैन।पब्लिक हेल्थ इङ्गल्यान्डले यसलाई ’अध्ययनमा रहेको चुच्चो उत्परिवर्तन’ भने पनि भेरिअन्ट भनेको छैन । हाल सम्म यो प्रजाती नेपालसहित संसारका १० भन्दा बढी राष्ट्रहरूमा पुष्टि भएको मन्त्रालयको भनाइ छ । आज काभ्रेमा ३७ संक्रमीत भएका छन् भने ६० जना संक्रमण मुक्त भएका छन् भने २ जना संक्रमीतको निधन भएको छ
