विश्व वातावरण दिवसको अवसरमा रोटरी क्लब अफ धुलिखेल, क्रियटिभ बचत तथा ऋण सहकारी संस्था, आर सि सि पिपलचौर, आर सि सि क्शादेवि र प्रस्तावित रोटरी क्लब अफ काभ्रे भ्यालिद्धारा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । कोभिड- १९ को माहामारीले आक्रान्त भई घरभित्रै थलिएको अवस्था यि संस्थाहरुद्धारा प्रत्येक ब्यक्ति तथा परिवारका सदस् हरु ले आफ्नो घर आगन तथा वरिपरिको क्षेत्रमा कम्तिमा एउटा बोटबिरुवा वा रूख रोपेर यस विश्व वातावरण दिवसलाई सार्थक रुपमा मनाएको छ । विश्व वातावरण दिवस हरेक वर्ष जुन ५ तारिखमा मनाईने गरिन्छ । यसको मुख्य उद्देश्य हाम्रो प्रकृतिलाई सुरक्षित राख्न जागरुकता बढाउनु र दिनहुँ बढिरहेका विभिन्न वातावरणीय मुद्दाहरूको सम्बोधन गरी स्वस्थ र सुरक्षित वातावरणका लागि विश्वव्यापी रूपमा मानिसहरूलाई प्रोत्साहन गर्नु हो । विश्वमा अहिले कोभिड- १९ को माहामारीले आक्रान्त भई घरभित्रै थलिएको अवस्थाका बीच विश्व वातावरण दिवस मनाई रहँदा यसपालिको नारा ’जैविक विविधता’ र ’प्रकृतिका लागि समय’ अझ बढी सार्थक र सान्दर्भिक देखिन आउँछ । कोरोनाको महामारीले धेरैलाई अक्सिजनको महत्व र प्राकृतिक इकोसिस्टम र बदलिएको जैविक विविधतासँगको हाम्रो सम्बन्धको बारेमा पुनर्विचार गर्न बाध्य पुर्याएको छ । त्यसैले यस महामारी र लकडाउनको समयमा सुरक्षीत मापदण्ड अपनाई वृक्षरोपण कार्यक्रम मानाइएको छ ।
