लिन ईन्टरनेशनल बोर्डिङ स्कुल बनेपाको २४ औं बार्षिकोत्सब तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ । प्याब्सनका केन्द्रिय उपमहासचिव भिमसेन केसीको प्रमुख आतिथ्यता एवं विद्यालयका निर्देशक कृष्ण भण्डारी ( शिशिर) को सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसिले शैक्षिक क्षेत्रमा लिन स्कुलले प्रगति गरिरहेको बताउनुभयो । विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरेको कार्यक्रममा बर्षकै उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य पुर्ण कुमार श्रेष्ठ, काभ्रे प्याब्सनका अध्यक्ष श्याम बहादुर भुजेल, एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश नं. ३ पुर्ब अध्यक्ष दुर्गा सिं तामाङ, पत्रकार, अभिभावक, शिक्षक–शिक्षिका, विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । शिक्षक दिपक तामाङले संचालन गर्नुभएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा बर्षका उत्कृष्ट शिक्षक प्रतिमा श्रेष्ठ, उत्कृष्ट खेलाडी सिनियर छात्र हिमाल श्रेष्ठ, छात्रा दिब्शा तामाङ, जुनियर बेस्ट प्लेयर प्रेरक तामाङ, अपेक्षा तामाङलाई सम्मान गरिएको थियो ।
