IMG-LOGO

बिन्धवासिनीबाट जेष्ठ सदस्यलाई तिर्थाटन

 मंगल, फागुन २७, २०८१  --

     संस्थाको नियमित वार्षिक कार्यक्रम अर्न्तगत संस्थाले यहि मिति २०८१ फाल्गुण २४ गते शनिबार जेष्ठ सदस्य तिर्थाटन कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले जेष्ठ सदस्य बचत कार्यक्रम कार्यविधि अनुसार उक्त वचत कार्यक्रममा सहभागी जेष्ठ सदसयहरुलाई साखु अवस्थित बज्रयोगिनी मन्दिर र पञ्चमहालक्ष्मी मन्दिर भक्तपुरमा दर्शन गराएको थियो ।

     कार्यक्रममा संस्थाका ६० वर्ष भन्दा माथि उमेर समुहका जेष्ठसदस्य बचत कार्यक्रममा सहभागी भएका १३५ जना सदस्यहरुलाई निःशुल्क तिर्थयात्रा गराएको थियो । कार्यक्रमका एक सहभागी विकुनारायण ताम्रकारले संस्थाले गरेको कार्यक्रमलाई विशेष धन्यवाद दिनुहुँदै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई नियमित रुपमा संचालन गर्नुपर्ने बताउनु भयो । साथै वर्तमान अवस्थामा सामाजिक रुपमा जेष्ठ सदस्य एकल रुपमा वाहिर हिडडुल गर्न नसक्ने र पारिवारिक रुपमा न्यून व्यक्तिहरुमात्र तिर्थाटन जान सक्ने अवस्थामा संस्थाले आफ्‌ना जेष्ठ सदस्यलाई छोटो दुरिको तिर्थाटनमा समते पुर्णरुपमा निःशुल्क खानपीन तथा यातायातको व्यवस्था गरी आयोजित कार्यक्रमले संस्थाप्रति अझै सदस्यको विश्वास जितेको समेत वताउनु भयो ।

     संस्थाका सदस्य, समिति एवं जेष्ठ सदस्यहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सो स्थानहरुको दृश्यावलोकन तथा मनोरञ्जनात्मक कार्यक्रम सहित कार्यक्रम सम्पन्न भएको संस्थाका सूचना अधिकारी मित्र प्रसाद दाहालले जानकारी दिए ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्